९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

विद्यालय स्तरमा उपभोक्ता सचेतना अभियान


जनमञ्च संवाददाता
  • १० जेष्ठ २०८० , बुधबार

  • विद्यालय स्तरमा उपभोक्ता सचेतना अभियान

    बागलुङ, १० जेठ– राष्ट्रिय उपभोक्ता मञ्च र बागलुङ नगरपालिकाले विद्यालय र समुदाय स्तरमा उपभोक्ता सचेतना थालेका छन् । विद्यालय उमेरका बालबालिका र समुदाय आँफै सचेत भए मात्रै उपभोक्ता अधिकार स्थापित हुने भन्दै विद्यालय र समुदायमा सचेतना कार्यक्रम थालिएको हो ।
    उपभोक्ता मञ्चले मंगलबार नगरपालिकाको सहयोग र जिल्ला प्रशासन, प्रहरी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा मुलपानी माध्यमिक विद्यालयमा ‘एक दिने उपभोक्ता शिक्षा तथा लागुऔषध दुव्र्यसनी सम्बन्धि सचेतना कार्यक्रम’ सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई उपभोग्य बस्तु, उपभोक्ता अधिकारबारे जानकारी दिने र लागुऔषध दुव्र्यसनीबाट बचाउन सचेतना कार्यक्रम आयोजना गरिएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए ।
    सचेतना कार्यक्रममा विद्यालयको ६ देखि १२ कक्षासम्मका एक सय जना विद्यार्थीको सहभागि थिए । विद्यार्थीसँगै उनीहरुका अभिभावक र सरोकारवालालाई सचेतना कार्यक्रममा सहभागि गराईएको थियो ।
    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजनका प्रमुख सौरभ श्रेष्ठले उपभोग्य बस्तुको गुणस्तर र मापदण्डबारे जानकारी नहुँदा गम्भिर रोगको संक्रमण हुनसक्ने खाद्यबस्तु समेत उपभोक्ताले प्रयोग गरिरहेको बताए । श्रेष्ठले सकेसम्म घरमै उत्पादन भएका खाद्यबस्तुको प्रयोग गर्नुपर्ने र बजारबाट ल्याईएका खाद्यबस्तुको प्रयोग गर्दा उत्पादन मिति, उत्पादक र उपभोग्य मितीको बिषयमा जानकारी लिनुपर्ने बताए ।
    लागुऔषध सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बसन्त भुजेलले जानी–नजानी बालबालिका दुव्र्यसननमा फसेको भन्दै अभिभावक सचेत बन्नुपर्ने बताए ।
    भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङकी पशु प्राविधिक प्रविता अधिकारीले मासुको उपभोगमा बिषेश ध्यान दिनुपर्नेमा जोड दिईन् । उनले स्वस्थ्य पशुको मासु मात्रै प्रयोग गर्नुपर्ने बताईन् ।
    अबको एक बर्ष उपभोक्ता सचेतना समुदाय स्तरमा पु¥याउने र दुई बर्षभित्र बजार अनुगमन नै नगरी उपभोक्ताले स्वस्थ उपभोग्य बस्तु पाउने वातावरण बनाउने अभियानमा नगरपालिका रहेको नगर उपप्रमुख राजु खड्काले बताए ।
    कार्यक्रम उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठको अध्यक्षता, मुलपानी माविा प्रधानाध्यापक सुवास कँडेलको स्वागत र उपभोक्ता मञ्चका केन्द्रिय सदस्य रामबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend