९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

प्रदेश सदस्यबाट देवकुमार निलम्बित


जनमञ्च संवाददाता
  • ११ जेष्ठ २०८० , बिहिबार

  • प्रदेश सदस्यबाट देवकुमार निलम्बित

    पोखरा, ११ जेठ– एमाले गण्डकीले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रदेश सदस्यबाट निलम्बन गरेको छ ।
    इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका देवकुमारले बचतकर्ताको रकम हिनामिना गरेको पुष्टि भएपछि एमालेले सो निर्णय गरेको हो । उनी गएको निर्वाचनमा एमालेकै टिकटबाट मेयरमा निर्वाचित भएका थिए ।
    एमाले गण्डकीका सचिव धनञ्जय दवाडीका अनुसार पार्टीको मंगलबारको बैठकले घटनाको निरुपण नहँुदासम्मको लागि उनलाई प्रदेश कमिटीको सदस्यवाट निलम्बन गरेको हो ।
    एमाले गण्डकीद्धारा जारी विज्ञप्तिमा बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएको र संस्थाका पदाधिकारीहरुलाई यात्रा अनुमति रद्द गर्न भनी गृह मन्त्रालयले निर्देशन जारी गरेको तथ्यसमेत जगजाहेर रहेको उल्लेख गर्दै सरकारी निकायबाट सुरु गरिएको छानबिन प्रक्रियामा सघाउन सवैसँग आग्रह प िनगरिएको छ । विज्ञप्तिमा घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सवै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शिघ्र फिर्ता गर्न आग्रह पनि गरिएको छ । देवकुमार गएको शुक्रबारदेखि सम्पर्कविहीन छन् । उनीमाथि सर्वसाधारणबाट संकलित करोडौं रुपैयाँ हिनामिना गरेको आरोप छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend