बागलुङ, १६ जेठ– १६ औ गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रम बागलुङमा निशुल्क स्वास्थ्य जाँच एव्ां उपचार गरिएको छ ।
बागलुङ उद्योग वाणिज्य संघ र धौलागिरी अस्पतालको संयुक्त आयोजनामा मानव सेवा आश्रमका आश्रितलाई निशुल्क स्वास्थ्य जाँच र उपचार गरिएको हो ।
उपचार शिविर बागलुङ उद्योग बाणिज्य संघ बागलुङका संस्थापक अध्यक्ष श्याम ओझाले स्वास्थ्य मानिसको पहिलो खुसी भएको भन्दै यस्ता शिविरबाट समाजका उपेक्षित नागरिक पनि खुसी भएको बताए ।
कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक निर्मल श्रेष्ठले आश्रमको अवस्थाबारे जानकारी गराएका थिए । उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षता, धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविरन्जन श्रेष्ठको स्वागत र उद्योग वाणिज्य सघंका महासचिव ऋषिराम गौतमको सञ्चालमा कार्यक्रम भएको थियो ।
मानव सेवा आश्रममा रहेको ४१ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
आश्रममा बस्दै आएका मध्य मानसिक रोगी, थाइराइट, छाला, सुगर, प्रेपर, दृष्टिबिहिनका बिरामी जाँच गरि निशुल्क औषधी प्रदान गरिएको उद्योग वाणिज्य सघंका स्वास्थ्य संयोजक सिनियर अहेव बाबुराम केसीले बताए ।