बागलुङ, १७ जेठ– नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल फिर्ता गर्न माग गरेको छ । अनेरास्ववियुले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको बिद्येयकको फिर्ताको माग गर्दै बागलुङमा राँकेजुलुस प्रद्धर्शन गरेको छ ।
अनेरास्ववियु बागलुङका अध्यक्ष रोशन जिसीले विदेशीलाई खुसी पार्ने नियतका साथ पारित गरिएको नागरिकता विधेयक तत्काल फिर्ता नगरे शसक्त प्रतिकार गर्ने चेतावनी दिदै राँकेजुलुस गरिएको बताए ।
धवलागिरि बहुमुखी क्याम्पसको गेटबाट निकालिएको राँकेजुलुस एकैछिनमा प्रहरीले नियन्त्रणमा लिएको थियो । अनेरास्ववियुले नागरिकता विधेयक फिर्ता गराउनका लागि देशव्यापी रुपमा जनदवाब सिर्जना गर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
नागरिकता विधेयक खारेज गर भन्दै बाघचोकमा नाराबाजीसमेत गरिएको थियो । कार्यक्रममा अनेरास्वुवियुका नेता शेखर खड्काले देशको अस्मिता बेच्न नपाइने बताए ।