२७ भाद्र २०८३ , शनिबार

२७ भाद्र २०८३ , शनिबार
  • २७ भाद्र २०८३ , शनिबार
  • September 12 2026

ताराखोला गाउँपालिकाको बजेट ३६ करोड ६७ लाख


जनमञ्च संवाददाता
  • ८ असार २०८० , शुक्रबार

  • ताराखोला गाउँपालिकाको बजेट ३६ करोड ६७ लाख

    बागलुङ, ८ असार– बागलुङको ताराखोला गाउँपालिकाले ३६ करोड ६७ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
    गाउँपालिकाको तेस्रो गाउँसभामा उपाध्यक्ष भीमबहादुर रोकाले प्रस्तुत गरेका बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र कृषि उपजको बजारीकरणका लागि प्राथमिकतामा राखिएको छ । गाउँपालिकाका गौरवका आयोजनाहरुलाई प्राथमिकतामा राखिएको छ ।
    ‘अध्यक्षसँग श्रमिक कार्यक्रम’ मार्फत किसान, मजदुर तथा श्रमजीवि वर्गहरुलाई गाउँपालिकामा विकासको मुख्य केन्द्रमा राख्ने बजेटमा उल्लेख छ । शैक्षिक क्षेत्रमा बृहत गुरुयोजनासहित गुणस्तरियता अभिवृद्धि गर्ने, विलासिताको वस्तुहरुमा आयात प्रतिस्थापन र स्थानीय उत्पादनको निर्यात प्रवर्द्धन गर्दै बजार अनुगमनलाई थप व्यवस्थित गर्न बजेट बिनियोजन भएको छ ।
    आर्थिक विकासतर्फ २ करोड ४ लाख ७० हजार सामाजिक विकासतर्फ १७ करोड ९६ लाख २३ हजार बजेट विनियोजन गरेको छ ।
    ताराखोलाले आगामी आर्थिक बर्षमा पूर्वाधार विकासतर्फ ८ करोड ९१ लाख ५० हजार बजेट बिनियोजन गरेको छ । वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४८ लाख, गाउँपालिकाको प्रशासनिक खर्चको लागि ५ करोड ९२ लाख रुपैयाँ बिनियोजन भएको छ । चालु आर्थिक बर्षमा भन्दा आगामी आर्थिक बर्षमा १५ लाख रुपैयाँ चालु खर्च कटौती गरेको उपाध्यक्ष रोकाले बताए ।
    आगामी आर्थिक वर्षमा नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान १६ करोड ७३ लाख, वित्तिय समानीकरण अनुदान ७ करोड ५ लाख विषेश अनुदान ६५ लाख, समपुरक अनुदान ७५ लाख र राजश्व बाँडफाँडबाट ६ करोड ५९ लाख ७० हजार, गण्डकी प्रदेश सरकारबाट सशर्त अनुदान ५० लाख, समानिकरण अनुदान ७९ लाख ८८ हजार, राजश्व बाँडफाँडबाट ४२ लाख ३२ हजार र समपुरक अनुदान ५० लाख प्राप्त हुने तथा स्थानीय स्रोत समेत गरेर बजेट बिनियोजन भएको हो ।
    चालु आर्थिक बर्षमा मौज्दात रहने २ करोड ८ लाख ३ हजार आन्तरिक आय ६० लाख हुने अनुमान गरेको उपाध्यक्ष रोकाले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend