९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जनताको घरदैलोमा पुग्ने पूँजीगत खर्चमा सरकारले बेवास्ता गर्यो : विष्ट


जनमञ्च संवाददाता
  • १५ असार २०८० , शुक्रबार

  • जनताको घरदैलोमा पुग्ने पूँजीगत खर्चमा सरकारले बेवास्ता गर्यो : विष्ट

    बागलुङ, १५ असार– नेकपा एमालेका सचिव गोकर्ण बिष्टले वर्तमान सरकारले मजाक र तमासायुक्त बजेट ल्याएको बताएका छन् । आगामी आर्थिक बर्षका लागि सरकारले ल्याएको बजेटमा पूँजीगतभन्दा बित्तिय व्यवस्था बढी रहेको भन्दै बिष्टले जनताको घरदैलोमा पुग्ने पूँजीगत खर्चमा सरकारले बेवास्ता गरेको आरोप लगाए ।
    अघोषित आर्थिक संकटमा रहेको देशका जनतालाई आशा जगाउने गरी बजेट आउनुपर्नेमा गठबन्धनले बाँडीचुँडी खानका लागि मात्रै बजेट तर्जुमा गरेको बिष्टको आरोप थियो । ‘१७ प्रतिशत पुँजीगत खर्च कार्यान्वयन गर्न ६३ प्रतिशत चालु खर्च विनियोजन भएको छ, यसको अर्थ के हो ?’ सचिव बिष्टले भने ‘सरकारले जनताका समस्या समाधान गर्न सक्दैन्, आलु र प्याज जस्ता उपभोग्य बस्तुमा महंगी बढाएर जनताको ढाड सेक्न सरकार तल्लिन छ ।’
    सरकारको नीति तथा कार्यक्रमबाट आशावादी हुन नसकेर पछिल्लो एक बर्षमा नौ लाख युवाले देश छोडेको आरोप समेत बिष्टले लगाए । चुनावका बेला एकातर्फ बाचा गर्ने र सरकारमा पुगेपछि अर्कैतर्फ काम गर्नेमा गठबन्धन सरकार लागेको उनको भनाई थियो । उनले अबको तीन दशक नेपालमा रहने युवा बहुलताबाट सरकारले लाभ लिनसक्नुपर्ने बताए । युवा पुस्ताको श्रम र शक्तिको उपयोग गर्न नसके देश ठुलो संकटमा धकेलिने अवस्था आउने उनको भनाई थियो ।
    प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले बिहिबार बागलुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव बिष्टले अहिलेको सरकारले प्रशंसा गर्ने कुनै पनि काम नगरेको दाबी गरे । ‘हामीलाई जनताले प्रमुख प्रतिपक्षको म्याण्डेट दिएका हुन्, जनताका आवाज प्रतिपक्षमा रहेर बोलिरहेका छौं’ बिष्टले भने ‘सरकारले राम्रो काम गर्दा साथ दिन्छौं तर अहिलेको सरकारले प्रशंसा गर्ने काम नै दिएन् ।’
    उनले एमाले सरकार परिवर्तनको खेलमा नरहेको बताए । इतिहासमा पहिलोपटक मतदानबाट बजेट तथा कार्यक्रम पारित गर्ने परिस्थिती सिर्जना भएको भन्दै बिष्टले सरकार आफ्नै कर्मले ढल्ने दाबी गरे । ‘एमाले सरकार ढाल्ने र अर्को सरकार बनाउने खेलमा छैन्’ बिष्टले भने ‘तर नढलोस् भनेर भाकलै गरे पनि आफ्नै कर्मले ढल्ने छाँट छ त के गर्नु ।’ पूर्व श्रममन्त्री समेत रहेका बिष्टले अहिले देश रेमिटान्सको भरमा चलिरहेको भन्दै देशमै रोजगारी सिर्जना गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend