९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मदन भण्डारीको स्मृतिमा कालिका मन्दिर परिसरमा वृक्षारोपण


जनमञ्च संवाददाता
  • १५ असार २०८० , शुक्रबार

  • मदन भण्डारीको स्मृतिमा कालिका मन्दिर परिसरमा वृक्षारोपण

    बागलुङ, १५ असार– नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको स्मृतिमा बिहिबार बागलुङमा बिभिन्न कार्यक्रम गरिएको छ । भण्डारीको स्मृतिमा नेकपा एमाले र एमालेका जनसंगठनले बिभिन्न कार्यक्रम आयोजना गरेका हुन् ।
    मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसर पारेर नेकपा एमाले बागलुङले बागलुङ कालिका मन्दिर परिसरमा बृक्षारोपण गरेको छ । कालिका मन्दिरको वन क्षेत्रमा ७२ वटा रुद्रक्षका बिरुवा रोपेर स्मृति दिवस मनाईएको जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताए ।
    बृक्षारोपण कार्यक्रमको एमालेका पोलिटव्युरो सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज जगत विश्वकर्माले शुभारम्भ गरे । बृक्षारोपण कार्यक्रम शुभारम्भ गर्दै बिश्वकर्माले मदन भण्डारीले देखाएको बाटोबाट नेपाली राजनीति लरबराएको बताए । जनताको बहुदलीय जनबादमार्फत नेपालीको समृद्धिको सपना देखेका मदन भण्डारीले तत्कालिन समयमा नेपालको राजनीतिलाई लयमा ल्याएको उनको तर्क थियो । मदन भण्डारीले नै प्रतिपादन गरेको सिद्धान्तमा चलेको नेकपा एमालेमा जनमत देखिनु राष्ट्र समृद्धिको आधार तयार हुँदै गरेको संकेत भएको उनको धारणा थियो ।
    कालिका वन क्षेत्रमा ७ सय रुद्राक्षका बिरुवा रोप्ने अभियानसहित बिहिबार ७२ वटा रुद्राक्षका बिरुवा रोपेको जिल्ला अध्यक्ष केसीले बताए । बृक्षारोपणका लागि केन्द्रीय सदस्यहरु इन्द्रलाल सापकोटा, सावित्रा राना, केन्द्रीय सल्लाहाकार परिषद सदस्य नवराज पौडेल, प्रदेश कमिटि र जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु सहभागि भएका थिए ।
    मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले नेपालको राजनीतिमा मदन भण्डारीको योगदान बिषयक अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तको सान्र्दभिकता अहिले पनि उत्तिकै रहेको भन्दै नेपाली माटो सुहाउँदो कम्युनिष्ट आन्दोलनको आवश्यकता रहेको औंल्याए ।
    कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान सचिव रामकृष्ण शर्मा, केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज तारानाथ आचार्य, पूर्व केन्द्रिय सल्लाहकार रामबहादुर जिसी लगायतले बोलेका थिए । जिल्ला अध्यक्ष सिर्जना पन्तको अध्यक्षता, उपाध्यक्ष खेमराज गौतमको स्वागत र सचिव अर्जुन कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसर पारेर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले धौलागिरी बहुमुखी क्याम्पसमा बृक्षारोपण गरेको छ । अनेरास्ववियुले क्याम्पस परिसरमा आँप र लिचीका बिरुवा रोपेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend