बागलुङ, १७ असार– गलकोट नगरपालिकाले नेपालमा नै पहिलो पटक स्थानीय पाठ्यक्रममा बैदेशीक रोजगारीको बिषय समावेश गरेर पठनपाठन सुरु गरेको छ । चालु शैक्षिक सत्रबाट आधारभुत तहमा स्थानीय पाठ्यक्रम लागु गरेको नगरपालिकाले कक्षा ६ को पाठ्य पुस्तकमा बैदेशीक रोजगारी र त्यसको सामाजिक प्रभावको बिषय समाबेश गरेको हो ।
सुरक्षीत आप्रबासन कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले बैदेशीक रोजगारीका बिषयमा बालबालिकालाई ज्ञान हुन आवश्यक रहेकाले पाठ्यक्रममा नै यो बिषय समाबेश गरेको नगर प्रमुख भरत शर्मा गैरेले बताए । बैदेशीक रोजगारीमा जानुभन्दा स्वदेशमा स्वरोजगार हुने मानसिकताको बिकास गर्न र जानै परे बैदेशीक रोजगारीका बिषयमा ज्ञान लिएर जाने वातावरण बनाउनका लागि पाठ्यक्रममा यो बिषय समावेश गरिएको गैरेले बताए ।
‘बैदेशीक रोजगारी स्वभाविक प्रकृया जस्तो भैसक्यो, कम्तीमा यसको बिषयमा बुझेर जाउन, सीप सिकेर जाउन् भन्ने हो’ गैरेले भने ‘बैदेशीक रोजगारी सम्बन्धि सचेतनाका लागि यो प्रयास थालिएको हो ।’ बैदेशीक रोजगार बोर्डको सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीले बैदेशीक रोजगारीको बिषयमा पढाउने देशभरका ७५३ स्थानीय तहमध्ये गलकोट पहिलो स्थानीय तह भएको बताए ।
‘हामिले पनि धेरै सहयोग गरेर पाठ्यक्रम तयार भएको छ, कक्षा ६ मा पढाई हुनु खुसीको कुरा हो’ रेग्मीले भने ‘यो पढाई व्यवहारिक हुने छ, अन्य स्थानीय तहले पनि लागु गर्दा राम्रो हुन्छ ।’ बैदेशिक रोजगारीमा गएका र जान खोज्नेहरु ठगिने गरेकाले यो पाठ्यक्रमले त्यसलाई रोक्ने उनको बुझाई छ ।
बिदेश जानचाहने तथा विदेशमा पुगेर पनि ठगिएका नेपालीहरुले उपचार खोज्ने र न्याय पाउने अबस्था चुनौतिपूर्ण छ । यस्तो बेला सचेतनाको अभाव हुने गरेको उनले बताए । बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाले पनि बैदेशीक रोजगारीको बिषय पाठ्यक्रममा समाबेश गर्ने चरणमा रहेको उनले जानकारी दिए ।
बागलदुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शैदेशीक रोजगारीका बिषयमा बालबालिकादेखि बयस्कसम्म सबैमा सचेतना पूर्याउन आवश्यक रहेको बताए ।
बागलुङको बागलुङ, जैमिनी र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाले आप्रबासी पाश्र्वचित्र तयार गरेका छन् । यसबाट आप्रबासन प्रकृयालाई सुरक्षीत बनाउन सकिने सरोकारवाला बताउँछन् । बैदेशीक रोजगारीलाई सुरक्षीत र मर्यादित बनाउनका लागि बिभिन्न तरीकाले स्थानीय तहहरुले काम अघि बढाएको सुरक्षीत आप्रबासन कार्यक्रम बागलुङका संयोजक मिनप्रसाद पौडेलले बताए ।