बागलुङ, ५ साउन– बचतकर्ताको लाखौ रकम हिनामिना गरी ठगी गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजालसले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षको लागि थुनामा राख्न बिहिबार आदेश दिएको हो ।
सहकारीका १ हजार ४ सय ८१ जना बचतकर्ताले १ अर्ब ३० करोड विगो दाबी गरी सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जिल्ला अदालतमा ठगीको मुद्धा दर्ता गरेका थिए ।
सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख ढोरपाटन नगरपालिका–१ वुर्तिवाङका देबकुमार नेपाली, गलकोट नगरपालिका–११ का रुपा विक, ढोरपाटन नगरपालिका–१ का डोरबहादुर परियार, ढोरपाटन १ का सुनिल नेपाली, सोही ठाउँका अनिल नेपाली, निसीखोला गाउँपालिका–२ बोहोरागाउँका झगबहादुर शाही र निसीखोला गाउँपालिका–१ का अनिता बुढा मगरको खोजि भइरहेको प्रहरीले जनाएको छ ।
सहकारीका संचालक र कर्मचारीलाई ८ देखी १० वर्ष कैद सजायको माग दावीसहित मुद्दा दर्ता भएको जिल्ला न्याधिवक्ता स्वतन्त्र न्यौपानेले जानकारी दिए ।