९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मुक्तिनाथ बेदबिद्याश्रममा श्रीधराचार्य औषधालय स्थापना


जनमञ्च संवाददाता
  • २१ साउन २०८० , आइतबार

  • मुक्तिनाथ बेदबिद्याश्रममा श्रीधराचार्य औषधालय स्थापना

    बागलुङ, २१ साउन– बागलुङ नगरपालिका वडा नं. ४ मा स्थापित शालग्राम संग्राहलय तथा रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर र मुक्तिनाथ बेद विद्याश्रमका संस्थापक श्रीधराचार्यको ८४ औं जन्मजयन्ती शनिबार मनाइएको छ ।
    ८४ बर्षअघि जन्मेका श्रधराचार्यले कुँडुले फेदीमा शालीग्राम संग्रह गर्ने सपना बोकेका थिए । उनले यहाँ संस्कृत पाठशाला स्थापना गरेका थिए । सोही सपना पुरा गर्न कमलनयनाचार्य र ऋषि प्रपन्नाचार्य लगायतले योगदान गरेपछि अहिलेको धार्मिक क्षेत्र बनेको छ । जन्मजयन्तीकै अबसरमा मुक्तिनाथ बेदबिद्याश्रममा श्रीधराचार्य औषधालय पनि स्थापना भएको छ ।
    नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औषधालयको उद्घाटन गरे । शालग्राम संग्राहलयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले १ लाख ५५ हजारसहित बिभिन्न दाताले दिएको १५ लाखको लागतमा औषधालय बनेको हो ।
    उक्त अबसरमा ढकालले धार्मिक पर्यटन भित्राउने महत्वपूर्ण गन्तव्य शालग्राम संग्राहलय र यहाँका संरचनाहरु बनेको बताए । धार्मिक पर्यटकहरु धेरै आउने भएकोले यहाँ स्थापित औषधालयले पनि उनीहरुको समस्यामा सहयोग पुग्ने बताए ।
    साथै, नेपालकै महत्वपूर्ण गन्तव्य बन्दै गरको शालग्राम संग्राहलय र पञ्चकोटको विकासमा निजी क्षेत्रको पनि योगदान हुने बताएका छन् । उनले देशको अर्थतन्त्र सुधार गर्न पर्यटन क्षेत्रको विकास हुनुपर्ने धारणा राखे । धार्मिक पर्यटनले नेपालका धेरै स्थान पहिचान बनाएको र त्यसको उदाहरण बागलुङ भएको उनले बताए ।
    कार्यक्रममा संग्राहलयका संरक्षक कमलनयनाचार्यले आम नागरिकको साथ र सहयोगले धर्म संस्कृतिको जर्गेना गर्दै विशाल धामहरु बनाउन सकिएको बताए । उनले मागेको भए पाइदैन थियो तर त्यागेको भएर धेरै सहयोग भित्रिएको बताए । सबैको सहयोगबाटै पञ्चकोट र शालग्राम संग्राहलयले नेपालकै नाम राख्ने उनले विश्वास समेत व्यक्त गरे ।
    कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बागलुङ कालीकादेखि पञ्चकोट र शालग्राम संग्राहलय लगायतका धार्मिक क्षेत्रको विकासमा नगरले पनि साथ दिने बताए । उनले युवा रोजगार बनाउन पर्यटन क्षेत्र उपयोगी भएको र बागलुङका धार्मिक क्षेत्रमा अब देश भित्रका मात्र नभई भारतीय पर्यटक पनि भित्राउन पहल गर्नुपर्ने बताए ।
    संग्राहलयका संरक्षक कमलनयनाचार्यको अध्यक्षता र सुर्दशन बडालको संचालनमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम आचार्यको अभिनन्दन गरिएको थियो । प्राध्यापक डा. जगन्नाथ रेग्मीको एकल कविता बाचन गरिएको थियो । सहभागि सबैले शालीग्राम संरक्षणका लागि कालीगण्डकी नदीको संरक्षण समेत गर्नुपर्ने बताए । पानी सभ्यता र संस्कृति हो भन्ने सन्देशसमेत सबैले दिनुपर्ने धारणा राखे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend