९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जिल्ला प्रशासनले भन्यो, ‘आँखा पाकेको भए नआउनु !


जनमञ्च संवाददाता
  • ३२ साउन २०८० , बिहिबार

  • जिल्ला प्रशासनले भन्यो, ‘आँखा पाकेको भए नआउनु !

    बागलुङ, ३२ साउन– जिल्ला प्रशासन कार्यालय बागलुङले आँखा पाक्ने समस्या भएका व्यक्तिलाई कार्यालयमा नआउन सूचना जारी गरेको छ । आँखा पाक्ने रोग लागेका बेला नागरिकता, राहदानी लगायतका सेवा लिन आउँदा अन्य व्यक्तिलाई पनि सर्ने भएकाले रोग निको नभएसम्म सेवा लिन नआउन भनिएको हो । प्रशासनले जिल्लाका स्थानीय तहहरुलाई समेत सूचना गर्न भनेको छ ।
    प्रशासकीय अधिकृत दिनेश शर्माले सार्वजनिक सूचनामार्फत आँखा पाक्ने रोग नियन्त्रणका लागि सहयोग गर्न अनुरोध गर्दै समस्या भएका बिरामीलाई प्रशासनमा नआउन भनेका छन् । सर्वसाधारणले भने प्रशासनले सेवा लिननै नआउ भन्नु गलत भएको टिप्पणी गरेका छन् ।
    ‘आँखा पाकेका बेला फोटो पनि राम्रो आउँदैन्, राहदानी र नागरिकतामा चस्मा लगाएको फोहोर राख्न मिल्दैन्’ प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले भनिन् ‘सबै नागरिकको स्वास्थ्य सुरक्षाका लागि आग्रह गरिएको हो ।’ उनले प्रसाशनले सेवा प्रवाह गर्ने तर नागरिक आँफै पनि सचेत भएर सेवाका लागि आउनुपर्ने बताईन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend