९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

स्वास्थ्य क्षेत्र प्राथमिकतामा, पूर्वाधार र उपकरणको व्यवस्थापन


जनमञ्च संवाददाता
  • ७ भाद्र २०८० , बिहिबार

  • स्वास्थ्य क्षेत्र प्राथमिकतामा, पूर्वाधार र उपकरणको व्यवस्थापन

    बागलुङ, ७ भदौ– जिल्लाका स्थानीय तहहरुले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पूर्वाधार तथा उपकरणहरुको व्यवस्थापनमा ध्यान दिन थालेका छन् । अत्यावस्यक स्वास्थ्य सेवा प्रवाहको लागि आवश्यक पूर्वाधार, उपकरण र स्रोत साधनको व्यवस्थापनमा स्थानीय तहले ध्यान दिन थालेका हुन् ।
    गलकोट नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पताल चर्चामा छ । गलकोट र आसपासका बिरामीले अस्पतालबाट चिकित्सक सहितको सेवा लिईरहेका छन् । अस्पतालका लागि आवश्यक पूर्वाधार, प्रयोगशाला र चिकित्सकको समेत व्यवस्था गरेर नगर अस्पताल सञ्चालनमा आएको हो ।
    अस्पताल सञ्चालनमा आएदेखिनै दैनिक बिरामीको चाप बढ्दो क्रममा रहेको अस्पतालमा प्रमुख डा. राजेश पौडेलले बताए । यसअघी गलकोट क्षेत्रका सर्वसाधारणलाई समान्य उपचारको लागि समेत जिल्ला सदरमुकाम वा छिमेकी जिल्ला धाउनुपर्ने बाध्यता थियो ।
    जैमिनी नगरपालिकाले सुविधासम्पन्न एम्बुलेन्स सञ्चालनको तयारी गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा प्रयोगशाला बिस्तार र नगर अस्पताल सञ्चालनका लागि जग्गा व्यवस्थापन लगायतका काम भैरहेको नगर उप्रमुख हरिहर शर्मा बताउँछन् । कुश्मीशेरा प्राथमिक स्वास्थ्य चौकीको सुधार बिस्तार, चिकित्सकको व्यवस्थापन र पूर्वाधार विकासले त्यहाँ बिरामीको चाप छ ।
    सदरमुकाम समेत रहेको बागलुङ नगरपालिका–१३ पैञ्युपाटामा नगरअस्पताल सञ्चालनमा ल्याएको छ । अस्पताल भवन निर्माणाधिन छ । नगरका हरेक वडामा प्रयोगशालासहित स्वास्थ्यकर्मीको सेवा बिस्तार गर्ने योजना नगरले अघि सारेको छ । ‘हामी नागरिकको स्वास्थ्य प्रति गम्भिर र संवेदनशिल छौं’ नगर प्रमुख बसन्तकुमार श्रेष्ठले भने ‘कम्तिमा आधारभुत स्वास्थ्य सेवा सर्वसुलभ बनाउनै पर्छ ।’ जिल्लाको निसीखोला गाउँपालिकाले सर्वसाधारणको स्वास्थलाई मध्यनजर गरेर एम्बुलेन्स सेवा संचालन ल्याएको छ ।
    गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को बजेटमा २० लाख १० हजार बजेट बिनियोजन गरेर एम्बुलेन्स ल्याएको हो । यसअघी नीसिखोला गाउँपालिका एम्बुलेन्स बिहिन थियो । एम्बुलेन्स सञ्चालनका लागि कानुनी प्रक्रिया अनुसार अनुमती लिएर अगाडी बढ्ने र पालिकाले कार्यबिधि तथा भाडादर निर्धारण गरेपछि एम्बुलेन्स सञ्चालन हुने गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बताए ।
    बरेङ गाउँपालिकाले सामुदायीक फार्मेसीमार्फत नागरिकलाई घरघरमै सबैखाले रोगका औषधि उपलव्ध गराउँदै आएको छ । गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा आधारभुत तहको भिडियो एक्सरे सञ्चालनमा ल्याएको गाउँपालिकाले स्वस्थ्यकर्मीको व्यवस्थापन र उपचार पद्धतीलाई प्राथमिकतामा राखेको छ ।
    बडिगाड गाउँपालिकाले क्षयरोग, कुष्टरोगजस्ता सरुवा रोगकको खोजी र उपचार गर्ने कार्यलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ । नागरिक स्वास्थ्य रहे मात्रै विकास हुने धारणा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले राख्ने गरेकी छन् । विकास भन्नेबित्तिकै सडक, भवन जस्ता संरचना सम्झिने परिपाटीलाई बिस्तारै स्थानीय तहले स्वास्थ्य क्षेत्रको बिकासलाई पनि ध्यान दिन थालेकोमा स्वास्थ्यकर्मीहरुले खुसी व्यक्त गर्छन् । जिल्लाका दश स्थानीय तहमध्ये अब केही स्थानीय तहमा एम्बुलेन्स सेवा छैन् । बाँकी सबै स्थानीय तहमा एम्बुलेन्स सञ्चालनमा आउँदा नागरिकले आधारभुत स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुन नपर्ने एक स्वास्थ्यकर्मीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend