बागलुङ, ३० भदौ– बागलुङ जेसीजले आयोजना गरेको फुटसल प्रतियोगिता बैंकर्स एसोसिएसन बागलुङले जितेको छ ।
बिहिबार भएको फाइनल खेलमा बैंकर्सले लियो क्लब अफ कालीगण्डकीलाई ३–६ गोलले पराजित गरेको हो । फाइनलका लागि बैंकर्सले बागलुङ नगरपालिका र कालीगण्डकीले नेपाल पत्रकार महासंघ बागलुङलाई पराजित गरेको थियो ।
आठ टिमले भाग लिएको प्रतियोगितामा क्वाटर फाइनलको यात्रा गर्दा महासंघले आयोजक जेसीजकै ‘बी’लाई पराजित गरेको थियोभने कालीगण्डकीले रोट्रयाक्ट क्लब अफ बागलुङलाई पराजित गरेको थियो । बागलुङ नगरपालिकालाई पराजित गरेर बैंकर्स तथा आयोजक जेसीजले लियो क्लब अफ बागलुङलाई पराजित गरेर क्वाटरफाइनल यात्रा तय गरेको थियो । बिजयी टिम र अन्य प्रतियोगिताका बिजयीलाई समापन समारोहमा पुरस्कार तथा प्रमाणपत्र बितरण गरिनेछ ।