२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

डेंगीको प्रकोप बढ्यो, धौलागिरि अस्पतालमै छैन रगत परीक्षण किट


जनमञ्च संवाददाता
  • २४ असोज २०८० , बुधबार

  • डेंगीको प्रकोप बढ्यो, धौलागिरि अस्पतालमै छैन रगत परीक्षण किट

    बागलुङ, २४ असोज– डेंगीको समस्या बढीरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रबिरञ्जन प्रधानका अनुसार दैनिक डेंगीका बिरामी बढेको हुन् । त्यसका लागि अत्यावस्यक रगत परीक्षण किट नभएको उनले गुनासो गरे ।
    स्वास्थ्य कार्यालय बागलुङले पनि डेंगी रोग महामारीको रुपमा आएकोले रगत परीक्षण किट भित्राउन सबैको चासो र पहल हुनुपर्ने आबस्यकता औल्याएको छ । मंगलबार डेंगी, स्क्रब टाइफस, सापु लगायतका जोखिम बढीरहेको बिषयमा सरोकारवालाको ध्यानाकर्षण समेत गराइयो ।
    जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले ती प्रकोपबारे प्रस्तुतीकरण गर्दै लामखुट्टे, सेतो पुतली र मुसाबाट आउने भुसुनाबाट जोगिनुपर्ने जानकारी गराइन् । अहिले डेंगी परीक्षणको किट नभएकोले बिरामीको परीक्षण गर्न नसकिएको उनको भनाइ थियो ।
    ‘जिल्लामा दैनिक ५० बढी किट आबस्यक परेको छ, तर छैन’ स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले भने, ‘तनहुँमा महामारी भएकोले धेरै सेवा उतै गएको छ, भोली यहाँ पनि संक्रमण बढ्ने अवस्था छ, त्यसको लागि मन्त्रालय तहसम्म पहल गरेर किटहरु तयारी राख्नुपर्छ ।’ धौलागिरि अस्पतालले ५ सय किट मागेकोमा अहिलेसम्म नआएको प्रधानको गुनासो थियो ।
    अस्पतालमा आउने कुल बिरामीको ३० प्रतिशत ज्वरोका मात्रै आएको तथ्यांक छ । ‘दैनिक ५ सयसम्म बिरामी आइरहेका छन्, ती मध्ये ३० प्रतिशत ज्वरोका छन्’ उनले भने, ‘अहिलेको महामारी भएकोले सबैको डेंगी परीक्षण गर्न चाहेपनि सकिएको छैन ।’ अस्पतालमा आइतबारसम्म परीक्षण गरेकाहरु १३९ डेंगीका संक्रमित छन् ।
    बागलुङको बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेंगीका बिरामी धेरै भेटिएको शर्माले बताइन् । स्वास्थ्यकर्मीको सर्भेक्षण अनुसार कात्तिक महिनामा अझै संक्रमण बढेर जाने संभावना छ ।
    परीक्षण किट व्यवस्थापनका लागि स्वास्थ्य कार्यालयले समेत पहल गरेको छ । तर किटको आयात नै कम भएकोले महामारी भएको क्षेत्रमा बढी पठाइएको हो । किट व्यवस्थापनका लागि जिल्ला दैबिप्रकोप उद्दार समिति तथा मनसुनजन्य बिपत् व्यवस्थापन समितिले पहल गर्ने निर्णय गरेको छ ।
    प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सबै पालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख तथा स्वास्थ्य, रेडक्रस र धौलागिरि अस्पतालका पदाधिकारीले पनि महामारी नियन्त्रणमा चासो राखेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend