२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

सिंगा तातोपानीमा म्याद गुज्रेका पेय पदार्थ नष्ट


जनमञ्च संवाददाता
  • २५ कार्तिक २०८० , शनिबार

  • सिंगा तातोपानीमा म्याद गुज्रेका पेय पदार्थ नष्ट

    बागलुङ, २५ कात्तिक– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले म्याग्दीको सिंगा तातोपानीका होटलमा भेटिएका अखाद्य बस्तु र म्याद गुज्रेका पेय पदार्थ नष्ट गरेको छ ।
    डिभिजनको नेतृत्वमा भएको अनुगमनको क्रममा भेटिएका ती सामाग्री जफत गरेर नष्ट गरिएको खाद्य निरीक्षक सहन्सा मेहताले जानकारी दिए । होटलमा खानका लागि फ्रिजमा राखिएको तथा बाहिर राखिएका पनि कतिपय पेय पदार्थमा म्याद सकिएको थियो । कोक, फेन्टा तथा बियरमा पनि म्याद सकिएको भेटिएपछि नष्ट गर्नुपरेको मेहताले जानकारी दिए ।
    डिभिजनको नेतृत्वमा जिल्ला प्रशासन म्याग्दी, प्रहरी, पर्यटन तथा घरेलु उद्योग कार्यालय, बेनी नगरपालिका, म्याग्दी उद्योग बाणिज्य संघ र पत्रकार महासंघको सहभागितामा बजार अनुगमन गरिएको थियो । तिहार नजिक आएकोले आम नागरिकले अखाद्य बस्तु खान नपरोस् भन्ने उद्देश्यले उक्त अनुगमन भएको थियो ।
    अनुगमनको क्रममा सिंगा तातोपानीका २२ वटा होटल, ११ वटा किराना पसल र दुइवटा मासु पसलमा पुगेको टोलीले ती सामाग्री भेटाएको थियो । किराना पसलमा पनि म्याद गुज्रेका र अखाद्य बस्तुसमेत भेटिएका थिए । कतिपयलाई पसलमा सुधार गर्नुपर्ने सुझाव दिइएको थियो । कतिपय होटल तथा पसलहरु दर्ताबिनै संचालन भएको पाइएपछि एक महिनाभित्र दर्ता गर्न निर्देशन दिइएको हो । अर्कोपटक पुग्दा दर्ता नभएको पाएमा कारवाही गर्ने चेतावनी दिइएको थियो ।
    होटलमा गुणस्तर सुधार गर्नुपर्ने देखिएको अनुगमन टोलीले जानकारी दियो । सरसफाइमा ध्यान दिनुपर्ने, पकाउने तेल तथा खानेकुरामा मिसाउने रंगमा ध्यान दिन नसके मानवीय स्वास्थ्यमा गम्भिर असर पर्ने सुझाव दिइएको थियो । तिहारमा बिशेषगरी रंग हालेका खानेकुरा बनाइन्छ । अखाद्य रंगले मानिसको शरीरमा क्यान्सर हुन सक्ने भएकोले बजार अनुगमनको क्रममा यस्तो सुझाव दिइएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend