८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

सातौं बागलुङ महोत्सवको तयारी तीब्र


जनमञ्च संवाददाता
  • २ पौस २०८० , सोमबार

  • सातौं बागलुङ महोत्सवको तयारी तीब्र

    बागलुङ, २ पुस– उद्योग बाणिज्य संघ बागलुङले आयोजना गर्ने सातौं बागलुङ महोत्सवको तयारी तिब्र पारिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएपछि संघसहित सुरक्षा निकाय, स्थानीय तह र अन्य समुदायले तयारीमा साथ दिएका छन् ।
    पुस ११ गतेदेखि २१ गतेसम्म संचालन हुने महोत्सवबाट आधादर्जन सामाजिक क्षेत्रको काम गर्ने लक्ष राखिएको छ । धवलागिरि बहुमुखी क्याम्पसको गरिब, बिपन्न तथा जेहेन्दार बिद्यार्थी छात्रवृत्ति कोषमा साथ दिने उदेश्य राखिएको छ ।
    यस्तै, स्थानीय उत्पादनलाई जोड र कोसेली घर निर्माण तथा संचालनमा पहल, पत्रकार महासंघको संस्थागत बिकासमा साथ दिने, हाम्रो समुदाय राम्रो समुदाय भन्ने अभिव्यक्तिका साथ सामुदायिक प्रहरी रामरेखालाई सहयोग गर्ने, बजारमा सिसि क्यामेरा जडान र व्यवस्थापन गर्ने तथा व्यवसायी एकताका लागि अक्षयकोष निर्माण गर्ने उद्देश्य राखिएको छ ।
    गण्डकी प्रदेशका पर्यटकीय स्थलको प्रचार गर्ने, धार्मिक क्षेत्रको प्रर्वद्धन गर्ने, उद्यमीको क्षमता बिकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण र ब्राण्डीङ, स्थानीय खानाका परिकारलाई स्तरीकरणमा संघले साथ दिने अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।
    मेलामा १ सय २० व्यापारिक स्टल, ३० वटा प्रवद्र्धनात्मक स्टल र बागलुङकै उत्पादन राखिने छ । बिगतमा जस्तै संघले गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला तथा सातौं बागलुङ महोत्सवको नामाकरण गरेको छ ।
    महोत्सवको अबसरमा राष्ट्रिय कलाकारहरु आउनेछन् भने खुला रिले दोहोरी हुनेछ । पालिका स्तरिय खुला महिला तथा पुरुष भलिबल, भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलन, लाइभ कन्सर्ट, बाल उद्यान र जातजातीका झाँकी प्रस्तुत गरिने छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend