९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

निशुल्क स्वास्थ्य शिविरबाट साढे ५ सय बिरामी लाभान्वित


जनमञ्च संवाददाता
  • ४ पौस २०८० , बुधबार

  • निशुल्क स्वास्थ्य शिविरबाट साढे ५ सय बिरामी लाभान्वित

    बागलुङ, ४ पुस– जेष्ठ नागरिकको घर घरमा स्वास्थ्यकर्मी जाने अभियानलाई निरन्तरता दिंदै गलकोट नगर स्वास्थ्य शाखाले पाण्डवखानीमा तीन दिने बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
    शिविरमा सयौंले स्वास्थ्य परीक्षण, उपचार र औषधी पाएका छन् । नगर स्वास्थ्य शाखा र पाण्डवखानी स्वास्थ्य चौकीको आयोजनामा भएको शिविरमा नगर अस्पतालका प्रमुख डा. राजेश पौडेल सहितका विभिन्न स्वास्थ्यकर्मी समेत पुगेर बिरामीको उपचार गरेका थिए ।
    उपचारमा वडा नं. १० को पाण्डवखानी र रमुवाका स्थानीयले सेवा पाएका हुन् । स्वास्थ्य चौकीकी अहेव हिराकुमारी काउचाका अनुसार शिविरमा ५ सय ४० बिरामीले सेवा पाएका थिए ।
    नगर अस्पतालले गाउँमै भिडियो एक्सरेको पनि व्यवस्थापन गरेपछि महिला स्वास्थ्य, हाडजोर्नी लगायतका बिरामीले पनि सेवा पाएका हुन् । यो वडाबाट नगर अस्पताल पुग्न कम्तिमा तीन घण्टा लाग्छ । त्यसैले उनीहरुको घरदैलोमा सेवा पु¥याउन शिविर राखिएको नगर स्वास्थ्य शाखाका प्रमुख सुशिल पौडेलले बताए ।
    ‘हामीले सबै वडामा स्वास्थ्य सेवा चुस्त बनाउन खोजेका छौं’ पौडेलले भने, ‘त्यसका लागि मौका पारेर शिविर संचालन भएको हो ।’ शाखाले सबै वडामा डिजिटल प्रविधि पनि जडान गरेको छ । उक्त प्रविधि अनुसार हरेक दिन हरेक स्वास्थ्य संस्थामा कुन रोगका कति बिरामी आएर सेवा पाए भन्ने तथ्यांक राखिने गरिएको छ ।
    यो विधिले तत्काल औषधिको व्यवस्थापन, बिरामीको पहिचान र उपचारमा साथ दिन सहज भएको उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend