बागलुङ/ सत्यवाती दर्शनका लागि हिँडेका यात्रु बोकेको बुलेरो पिकअप भ्यान दुर्घटना हुँदा चार जना घाईते भएका छन् । बागलुङको जैमिनी नगर पालिका वडा नंं. १० राङखानी नाम्दुकदेखि ओरालो झर्ने क्रममा पिकअप भ्यान दुर्घटना भएको हो ।
बरेङको साग्दी सत्यवती मन्दिर दर्शनको लागी मंगलबार राती जैमिनी दमेक देखी छुटेको ग.३.च.५९५८ नम्बरको पिकअप भ्यान नाम्दुक देखी ओरालो झर्ने क्रममा घुम्तीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पिकअप भ्यानमा ११ जना सवार थिए । घाईते ४ जना मध्ये चालक चालक चन्द्र बहादुर परियारसहित २ जना गम्भिर घाईत छन् । उनहीहरुलाई उपचारका लागि धौलागिरी अस्पताल ल्याईएको छ । अरु सबै यात्रु सकुशल रहेका ईलाका प्रहरी कार्यालय बरेङले जनाएको छ ।