बागलुङ, २२ पुस– बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी अध्यक्षका लागि चार जनाको उमेद्वारी दर्ता भएको छ । पुस २८ गते हुने निर्वाचनमा अध्यक्षका लागि पूर्व अध्यक्ष, वर्तमान तदर्थ समितिका संयोजकसहित चार जनाले उमेद्वारी दर्ता गरेका हुन् ।
पूर्व अध्यक्ष समेत रहेका केवी राना मगर, वर्तमान तदर्थ समितिका संयोजक जयराम भारी, भुपेन्द्र खड्का र सुवास आचार्यले अध्यक्षमा उमेद्वारी दिएका हुन् । त्यस्तै उपाध्यक्ष पदका लागि तीन जनाको उमेद्वारी परेको छ । दयाराम पौडेल, रतन प्रसाद श्रेष्ठ र हरिबहादुर जिसीले उपाध्यक्षमा उमेद्वारी दिएका हुन् ।
समितिको सचिवमा जीवन आचार्य र निर्मल श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण शर्मा र थानेश्वर सुवेदीको उमेद्वारी दर्ता भएको निर्वाचन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
दुई जना खुल्ला सदस्यका लागि दश जनाको उमेद्वारी परेको छ । खुल्ला सदस्य पदमा बाबुलाल शाक्य, बिरबहादुर थापा, सुनिल कुमार श्रेष्ठ, टेकनारायण शर्मा, कुलराज शर्मा, बाबुकाजी केसी, लालबहादुर केसी, चन्द्रबहादुर सुवेदी, शिव आचार्य र रामबहादुर बिकको उमेद्वारी परेको छ ।
तीन जना महिला सदस्य पदका लागि ७ जनाको उमेद्वारी परेको छ । जसमा सुनिता श्रेष्ठ, मञ्जुमाया क्षेत्री, कालिका सापकोटा, शिला थापा क्षेत्री, लक्ष्मी थापा, हुमादेवी शार्मा र गुमादेवी श्रीष छन्त्यालको उमेद्वारी परेको बरालले जानकारी दिए । झण्डै ४ हजार खानेपानी उपभोक्ता रहेको नगर खानेपानीमा मतदान गर्ने १५२५ जना सदस्य रहेका छन् ।