८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

राङ्खानीमा जीवनशैली परिवर्तन तथा योग कार्यक्रम


जनमञ्च संवाददाता
  • २७ पौस २०८० , शुक्रबार

  • राङ्खानीमा जीवनशैली परिवर्तन तथा योग कार्यक्रम

    बागलुङ, २७ पुस– जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीमा स्वास्थ्य प्रबद्र्धनका लागि जीवनशैली परिवर्तन तथा योग कार्यक्रम सुरु भएको छ । सर्वसाधारणलाई स्वास्थ्यकर आहारबिहार, खानपान, योग व्यायम, भान्सा र स्थानीय जडीबुटी तथा योगको महत्व बुझाउनका लागि कार्यक्रम आयोजना गरिएको हो ।
    धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजना र जैमिनी नगरपालिका आयुर्वेद शाखाको संयोजनमा सुरु भएको कार्यक्रममा वडाका ४० जनाभन्दा धेरै सर्वसाधारण सहभागि छन् । ‘पछिल्लो समय हाम्रो आहार बिहारकै कारण नसर्ने रोगहरुको संक्रमण बढ्दो छ’ औषधालयका डा. कमल बिक्रम पौडेलले भने ‘भान्सा र घर छेउकै औषधि चिन्नुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको हो ।’
    कार्यक्रममा औषधालयका प्रमुख डा. सरद पन्थी र कमल बिक्रम पौडेलले सहजीकरण गर्ने छन् । दुई दिन चल्ने कार्यक्रममा रक्तचापको परीक्षण शिविर सञ्चालन गरिने छ । औषधालयले रसायन औषधिहरु वितरण गर्ने कार्यक्रम रहेको पन्थीले बताए ।
    बिहिबार कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष श्रीप्रसाद थापाले जीवनशैलीको परिवर्तन आवश्यक रहेको बताए । औषधालय प्रमुख पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत डा. कमल बिक्रम पौडेल र सञ्चालन दमेक आयुर्वेद औषधालयका प्रमुख डा. लक्ष्मीकान्त शर्माले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend