बागलुङ, २८ पुस– अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सहकारीले गत असार मसान्त सम्ममा ३४ लाख ८६ हजार आम्दानी गरेको छ । उक्त आम्दानीमध्ये एक बर्षमा १ लाख ३३ हजार मात्रै खुद मुनाफा कमाउन सफल भएको छ ।
धौलागिरि एफएमका संचालक मिलेर १५ बर्षअघि खुलेको सहकारीले ३ करोड ६६ लाख २४ हजार ऋण लगानी गरेको थियो ।
नयाँ शेयर सदस्य बढाउने, जेष्ठ सदस्यलाई नगदसहित सम्मान गर्ने, नियमित बचत, असल ऋणी लगायतलाई सम्मान गर्ने, संघिय संरचना अनुसार नगरपालिकामा गाभिएका वडामा सेवा बिस्तार गर्ने लगायतको नीति सहकारीले लिएको सचिव दयाराम पौडेलले जानकारी दिए ।
सहकारीले २१ जना जेष्ठ शेयर सदस्यलाई १ हजार २ सय रुपैयाँसहित सम्मान गरेको थियो । साधारणसभामा सचिव दयाराम पौडेल, कोषाध्यक्ष कमलप्रसाद श्रेष्ठ र लेखा समिति संयोजक कुमार श्रेष्ठको प्रतिवेदन पारित गरेको थियो ।
संस्थाका अध्यक्ष अशोककुमार श्रेष्ठको अध्यक्षता, सचिव दयाराम पौडेलको संचालन र उपाध्यक्ष काजी रोशनको स्वागतमा सम्पन्न साधारणसभामा नेपाल पत्रकार महासंघका सहसचिव तारानाथ आचार्य र निर्वाचन समितिका संयोजक रामकृष्ण शर्मा लगायतले मन्तव्य राखेका थिए ।