बागलुङ, २८ पुस– विश्व हिन्दु महासंघ बागलुङको आयोजनामा शुक्रबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाइएको छ । दिवशको अवसरमा वक्ताहरुले सिंगो नेपालको एकीकरणमा पृथ्वी नारायण शाहको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष जब्बरबहादुर लामिछानेले नेपालको एकीकरण गरेर सिंगो देश बनाएकाले पृथ्वी नारायण शाहको योगदान कुनै राजतन्त्र वा गणतन्त्रमा हुन नसक्ने बताए । उनले राजतन्त्रको बिपक्षहरुले पनि पृथ्वीनारायणको योगदान मनन् गर्नुपर्ने बताए । दिब्योपदेशमार्फत देशको अवस्था, कुटनीतिक सम्बन्ध र राष्ट्रियताका बिषय उजागर गर्न सफल पृथ्वी नारायणबाट अहिलेको राजनीतिक नेतृत्वले सिक्नुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष हरिप्रसाद गौतम, धौलागिरि बहुमुखी क्याम्पसका पूर्व प्रमुख गोबिन्दप्रसाद शर्मा कंडेल, बरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ, ब्रम्हकुमारी इश्वरीय बिश्वबिद्यालय बागलुङकी संचालक साबित्री दिदीले मन्तव्य राखेका थिए ।
महासंघका बागलुङ अध्यक्ष जब्बरबादुर लामिछानेको अध्यक्षता, सचिव हरिप्रसाद शर्माको संचालन र उपाध्यक्ष रमेशकुमार राजभण्डारीको स्वागतमा सम्पन्न कार्यक्रम अघि महासंघले प्रभातफेरी पनि गरेको थियो ।