२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

बागलुङ नगर खानेपानीको अध्यक्षमा केवि राना मगर निर्वाचित


जनमञ्च संवाददाता
  • २९ पौस २०८० , आइतबार

  • बागलुङ नगर खानेपानीको अध्यक्षमा केवि राना मगर निर्वाचित

    बागलुङ, २९ पुस– बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा केबी राना मगर बिजयी भएका छन् । शनिबार बागलुङ बजारमा सम्पन्न संस्थाको अधिबेशनले रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
    रानाले अर्का प्रत्याशी जयराम भारीलाई २६ मतान्तरले पराजित गरे । उनले ४३४ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी जयराम भारीले ४०८ मत ल्याए । अध्यक्ष पदका अर्का प्रत्याशी भुपेन्द्र खड्काले ८५ मत पाए ।
    त्यस्तै उपाध्यक्षमा हरीबहादुर जिसी (सन्तोष) निर्वाचित भएका छन् । उनले ४४७ मत पाउँदा उनका प्रतिद्धन्दी रतन प्रसाद मलेपतिले ४४३ मत पाए । जिसी जयराम भारी प्यानलबाट चुनाव लडेका थिए । सचिवमा जीवन आचार्य निर्वाचित भएका छन् । उनले ४७४ मत पाउँदा उनका प्रतिद्धन्दी निर्मल बहादुर श्रेष्ठले ४३७ मत पाए । कोषध्यक्षमा कृष्ण शर्मा निर्वाचित भएका छन् । उनले ५०० मत पाउँदा उनका प्रतिद्धन्दी थानेश्वर सुवेदीले ३८५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
    खुल्ला सदस्यमा केबी राना प्यानलका कुलराज शर्मा हिमाल र जयराम भारी प्यानलका शिव आचार्यनिर्वाचित भएका छन् । महिला सदस्यमा राना प्यानलकी कालिका सापकोटा, र हुमादेवी खड्का तथा भारी प्यानलकी गुमादेवी श्रीष छन्त्याल निर्वाचित भएका छन् ।निर्वाचनमा कुल ९८५ मत खसेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend