बागलुङ, २२ माघ– प्रेस चौतारी नेपालको स्थापना दिवशको अबसरमा आयोजित प्रेस चौतारी कप फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा चिल्ड्रेन लाइफले अमर आदर्श आवासिय माबिलाई २–० गोल अन्तरले पराजित ग¥यो । बाङगेचउर खेल मैदानमा आयोजित फाइनल खेलमा चिल्ड्रेन लाइफका लोकमान थापाले १९ औं र बरदान थापाले ३५ औं मिनेटमा गोल गर्दै उपाधि सुनिश्चित गरेका हुन् ।
खेल जितेर चिल्ड्रेन लाइफले ५० हजार नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र पायो । अमर आदर्शले २५ हजार रुपैयाँमा चित्त बुझायो । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले खेलाडीलाई पुरस्कार प्रदान गरे ।
चौतारीले बिद्यालय तहका खेलाडीको प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरेको अध्यक्ष सिर्जना पन्तले बताइन् । शुक्रबारदेखि संचालित खेलमा १२ विद्यालय सहभागि थिए । खेलमा उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कृत गरिएको थियो ।
यसैबीच प्रेस चौतारीले स्थापना दिवशकै अवसरमा रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेललाई प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार र ढोरपाटन दैनिकका सहसम्पादक तारानाथ आचार्यलाई प्रेस चौतारी युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अधिकारीले धेरै अस्पताल खोल्नेभन्दा एउटा राम्रो खेल मैदान बनाउनु राम्रो हुने बताए । उनले खेलले स्वस्थ्य जीवनशैली बनाउने भन्दै खेलमा युवाहरु आर्कषण गर्न सकेमा स्वास्थ्य क्षेत्रमा लगानी बढाउन नपर्ने समेत बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बाङगेचउरलाई सुविधासम्पन्न रंगाशाला बनाउने अभियान थालेपनि नेपालको वन ऐनले बाधा बनाएको बताए । उनले बाधाहरु हटाएर रंगाशाला बनाउने अभियान थाल्ने बताए ।
प्रेस चौतारी नेपाल बागलुङकी अध्यक्ष सिर्जना पन्तको अध्यक्षता, सचिव अर्जुन कार्कीको संचालन र उपाध्यक्ष खेमराज गौतमको स्वागतमा सम्पनन कार्यक्रममा एमाले अध्यक्ष हिराबहादुर केसी, प्रेस चौतारीका नेताहरु इन्द्र पौडेल, रामकृष्ण ज्ञवाली, तारानाथ आचार्य लगायतले बोलेका थिए ।