१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

युवक संघको संघियताविरुद्व मोटरसाइल मार्चा


जनमञ्च संवाददाता
  • २६ माघ २०८० , शुक्रबार

  • युवक संघको संघियताविरुद्व मोटरसाइल मार्चा

    बागलुङ, २६ माघ– ठूला राजनीतिक दलले देशब्यापी यात्रा र जागरण अभियान चलाइरहेको बेला राष्ट्रिय जनमोर्चा बागलुङ र उसको भातृ संगठन अखिल नेपाल युवक संघले संघियताको बिरुद्धमा प्रचारात्मक मोटरसाइकल ¥याली शुरु गरेको छ ।
    बुधबारदेखि बरेङबाट थालेको ¥याली बिहिबार बागलुङ आइपुगेको हो । यो अभियानलाई युवक संघले मोटरसाइकल मार्च २०८० को नाम दिएको छ । संघले मार्चमार्फत भष्ट्राचार बिरुद्धका क्रियाकलाप पनि गरेको हो । यो अभियानसहित ११ बुँदे एजेण्डाको प्रचार समेत गरेको छ ।
    बुधबार बरेङबाट सुरु भएर जैमिनी आएको मार्च बिहिबार दिउँसो बलेवाहुँदै बागलुङ बजार आएको हो । यो यात्रा काठेखोलाको तंग्राममा पुग्ने छ । त्यसपछि गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाहुँदै निसीखोला गाउँपालिका पुगेर टुंगिनेछ । बुधबारदेखि शुरु भएको मार्च २८ गतेसम्म चल्ने आयोजकले बताएका छन् ।
    एउटै प्रकारको पोशाक समेत लगाएका राजमोका युवक संघका कार्यकर्ताहरु मार्चमा सहभागि छन् । उनीहरुले ठाउँ ठाउँमा कोणसभा पनि गरेका छन् । मार्चको नेतृत्व अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डेले गरेका छन् । जिल्लाका राजमो कार्यकर्ता, संघका पदाधिकारी समेत सहभागि छन् । राजमोका जिल्ला अध्यक्ष तेजबहादुर थापा, पूर्व अध्यक्ष अमर थापा, केन्द्रीय सदस्य लक्ष्मी बास्कोटा, नरबहादुर पुन लगायतले टोलीलाई बिदाइ गरेका छन् ।
    बिहिबार सदरमुकाममा आयोजित कार्यक्रममा राजमो अध्यक्ष तेजबहादुर थापाले आम नेपालीको जनजिविकाको सबालमा युवक संघले अगुवाई गरेको बताए । उनले संघियता बिरोधी अभियानमा जोड दिइएको, देशमा बढेको भ्रष्टाचारले देश चुर्लुम्म भएको भन्दै त्यसको भण्डाफोर गर्न युवक संघ सफल भएको बताए ।
    कार्यक्रममा राजमोका पूर्व अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख अमर थापा, जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, केन्द्रीय सदस्य लक्ष्मी बास्कोटा लगायतले टोलीलाई स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममै आएका युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डेले यो अभियानले भ्रष्टाचारीको खुट्टा कापेको बताए ।
    त्यस बाहेक गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गर्ने, राष्ट्रिय सार्वभौमिकता र अखण्डताको पक्षमा आबाज बुलन्द बनाउने, राष्ट्रिय स्वाधिनताका लागि आत्मनिर्भर अर्थतन्त्रको व्यवस्थापन, स्थानीय तहको अधिकार र विकास बजेट बढाउनुपर्ने, प्रदेश संरचना तत्कालै खारेज गर्नुपर्ने लगायतका माग राखिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend