८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

‘सही सूचना प्राप्त गरेर मात्र शेयर कारोबार गरौं’


जनमञ्च संवाददाता
  • २ फाल्गुन २०८० , बुधबार

  • ‘सही सूचना प्राप्त गरेर मात्र शेयर कारोबार गरौं’

    बागलुङ, २ फागुन– राजनीतिक उतारचढाब तथा आर्थिक मन्दीले नेपालको शेयर बजारमा पनि असर परेको सरोकारवालाले बताएका छन् । उनीहरुले आम नागरिकलाई सुरक्षित रुपमा शेयर कारोवार गर्न समेत सmुझाव दिए ।
    बागलुङ उद्योग बाणिज्य संघ र धितोपत्र बोर्ड नेपालको आयोजना र दिब्या सेक्युरिटीज एण्ड स्टक हाउस प्रालिको सहयोगमा आयोजित धितोपत्र बजार सम्बन्धी शिक्षा र सचेतना कार्यक्रममा बोर्डका निर्देशक भुपती पाण्डेले सही सूचना प्राप्त गरेर मात्र शेयर क्षेत्रमा हात हाल्न सुझाव दिए । उनले शेयर खुलेको देखेपछि किन्ने, केही अंक बढ्दैछ भन्ने थाहा पाउने बित्तिकै लाखौंको शेयर किनेर धनी बन्छु भन्नेहरुले उक्त कम्पनीको वास्तविकता अध्ययन नगरेको उनले बताए ।
    ‘शेयर कारोवार गर्नुअघि सम्बन्धित कम्पनीको प्रोफाइल जान्न जरुरी छ’ पाण्डेले भने, ‘होस पु¥याएर शेयर कारोवार गर्दा धनी बन्ने सपना पुरा हुन्छ ।’ समयमा ध्यान दिन नसकेमा शेयर बजारबाट लाखौं डुब्ने समेत खतरा हुने उनले सुझाए ।
    उनले धितोपत्रको मूल्यमा कम्पनीको कार्यसम्पादन, सूचना, लगानीकर्ताको मनोविज्ञान र अर्थतन्त्रको तरलताले प्रभाव पार्ने बताए । त्यसबाहेक धितोपत्रको माग र आपूर्ति, अन्तराष्ट्रिय बजार नियमन नियकायको नीति निर्देशन र नियमनले पनि उत्तिकै प्रभाव पारेको उनको तर्क थियो ।
    कार्यक्रममा कम्पनीकै अर्का निर्देशक अधिकारी श्यामु मण्डलले लगानीकर्ताले मुनाफा पाएमा लगानी बढ्ने बताए । उनले पूँजिगत लाभल, उच्च प्रतिफल, सहज तरलता, धितो राख्न सहज हुने भएकोले शेयरमा लगानी बढेको बताए । केही समय यता शेयरको कारोवार घट्दा लगानीकर्तामा निराशा आउनुमा राष्ट्रिय र अन्तराष्ट्रिय अर्थतन्त्रले असर पारेको बताए ।
    कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य युवराज राजभण्डारी, दिब्या सेक्युरिटीका इन्चार्ज कुमार शर्मा, बैकर्स एसोसिएसनका उपाध्यक्ष विकास पौडेल लगायतले कार्यक्रममा बोलेका थिए ।
    बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलको अध्यक्षता, महासचिव ऋषि गौतमको संचालनमा सम्पन्न कार्यक्रममा उद्योगी, व्यापारी, बैंकर्स, व्यवस्थापन संकायका विद्यार्थी समेतको सहभागिता थियो ।
    पछिल्लो समयमा शेयर कारोवारप्रति आम नागरिकको चासो बढीरहेपनि शेयरको सुरक्षा, लगानीको तरिकाबारे जानकारी नहुँदा कतिपय अलमलमा परेका छन् । उनीहरुको माग र चाहना अनुसार कार्यक्रम संचालन गर्दा धेरैले धितोपत्र बोर्ड, शेयर कारोवार तथा लगानीको सुरक्षाबारे जान्न पाएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलले जानकारी दिए ।
    पछिल्लो समय नेपालमा आइपिओमा हजारौंले शेयर भर्ने गरेका छन् । ४० लाख बढीले एकैपटक शेयर भर्ने गरेपनि ती कम्पनीको वास्तविक अवस्थाबारे भने जानकारी नदिने गरेको देखिएपछि बोर्डले उद्योग बाणिज्य संघको सहकार्यमा आम नागरिकलाई सूसुचित गर्न यो कार्यक्रम आयोजना गरिएको पाण्डेले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend