९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बिद्यामन्दिर पुस्तकालयको स्थापना दिवसमा सम्मान र सहयोग


जनमञ्च संवाददाता
  • ३ फाल्गुन २०८० , बिहिबार

  • बिद्यामन्दिर पुस्तकालयको स्थापना दिवसमा सम्मान र सहयोग

    बागलुङ, ३ फागुन– बिद्यामन्दिर पुस्तकालय बागलुङको ७७ औ स्थापना दिवस त्रिदिवसिय कार्यक्रमका साथ सम्पन्न भएको छ ।
    पुस्तकालयले दिवसको अन्तिम दिन बुधबार सरस्वती पुजासहित पुुस्तकालयका पुर्व अध्यक्षलाई सम्मान, बालबालिकालाई स्टेशनरी वितरण तथा पुस्तकालयलाई सहयोग गर्नेलाई सम्मान गरेको थियो ।
    समापनका अवसरमा पुस्तकालयका पुर्व अध्यक्ष लालचन्द्र राजभण्डारी, विश्वज्योती गौचन, हिक्मत गौचन र महेशचन्द्र प्रधान लाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
    त्यसैगरी पुस्तकालयका बिभिन्न कोष स्थापना गर्ने अक्षयकोषदातालाई पनि सम्मान गरिएको छ । सम्मानित सबैलाई गण्डकी प्रदेश सभा सदस्य कुशुुम बुढा र पुस्तकालयका अध्यक्ष राम थापा अबिरलले सम्मान गरेका थिए ।
    सो अवसरमा बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौैंका अध्यक्ष रसुमिला श्रेष्ठले पुस्तकालय अन्र्तगतको बालबिकास केन्द्रमा अध्यनरत बालबालिकालाई स्टेशनरी र पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेकी थिइन् भने पुस्तकालयका अक्षयकोषदाता श्याम श्रेष्ठले स्थापना गरेको शिशिर हेमन्त कोषबाट पनि बालबालिका लागि ब्लाङ्केट र शैक्षिक सामाग्र्री प्रदान गरिएको थियो ।
    कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य कुशुम बुढाले पुस्तकालय ईतिहास भएकाले यसलाई संरक्षण गर्ने जिम्मा सबैको भएको बताइन् । उनले पुस्तकालयको बिकासका लागि गण्डकी प्रदेश सरकारका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
    कार्यक्रममा पुस्तकालयका कार्यबाहक प्रधान संरक्षक लालचन्द्र राजभण्डारी, सल्लाहकार प्रेम छोटा, पुस्तकालयका सदस्य तथा संरक्षक साहित्कार काजिरोशन, संंरक्षक तथा अक्षयकोषदाता श्याम श्रेष्ठ, निवर्तमान अध्यक्ष रामप्रसाद शर्मा, बागलुङ समाज कल्लाण केन्द्र काठमाण्डौका अध्यक्ष रस्युुमिला श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    पुस्तकालयको ईतिहासबारे पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी गराएका थिए । कार्यक्रम पुस्तकालयका अध्यक्ष राम थापा अबिरलकोे अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend