९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मगर दिवसमा भलिबलदेखि ताराखेल प्रतियोगिता हुने


जनमञ्च संवाददाता
  • ४ फाल्गुन २०८० , शुक्रबार

  • मगर दिवसमा भलिबलदेखि ताराखेल प्रतियोगिता हुने

    तस्बिर गुगलबाट

    बागलुङ, ४ फागुन– ४२ औं मगर दिवसको अवसर पारेर नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले पाँच दिनसम्म विविध कार्यक्रम गरी मनाउने भएको छ ।
    नेपाल मगर संघ स्थापना भएको ४२ औं वर्ष पुगेको सन्दर्भ पारेर फागुन ११ गतदेखि १५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष श्यामबहादुर पुनले बताए ।
    मगर दिवसकै सन्दर्भ पारेर तेस्रो लखन कप महिला पुरुष भलिबल लगायतका कार्यक्रम गर्ने तय भएको उनले जानकारी दिए । गण्डकी प्रदेश खुला वडास्तरीय पुरुष भलिबल र गण्डकी प्रदेश पालिकास्तरीय खुला महिला भलिबलको आयोजना गरिएको छ । भलिबल विजेताले नगद ८१ हजार एक सय ८१, दोस्रो हुनेले नगद ४१ हजार एक सय ४१ नगर पुस्रकार पाउनेछ भने सेमिफाईनल पुग्न टिमले नगद १० हजारका दरले पाउनेछन् । महिला भलिबलको प्रथम हुनेले नगद ३० हजार, द्वितीय हुनेले नगद १५ हजार रुपैयाँ पाउनेछन् ।
    खुला ताराखेल प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार, द्वितीय पुरस्कार नगद २५ हजारको व्यवस्था गरिएको छ । मगर समुदाय भित्रको मात्रै सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार तृतीय हुनेले ५ हजार नगद पुरस्कार पाउने भएका छन् । ४० वर्ष माथिमा मगर समुदाय भित्रको मात्रै खुला नृत्य प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार तृतीयलाई पाँच हजार पुरस्कार राखिएको छ । मगर समुदायका लागि मात्रै खुला छेलो फाल्ने प्रतियोगिता पुरुषतर्फ प्रथम पुरस्कार नगद ८ हजार, द्वितीय पुरस्कार नगद पाँच हजार र तृतीय पुरस्कार नगद तीन हजार राखिएको छ ।
    महिला छेलो फाल्ने प्रतियोगिताको प्रथम पुरस्कार पाँच हजार द्वितीय पुरस्कार तीन हजार र तृतीय पुरस्कार एक हजार पाँच सय, पुरुष रस्साकस्सी बिजेताले नगद १० हजार र उपविजेताले नगद पाँच हजार, महिला रस्साकस्सी प्रतियोगितामा प्रथम हुनेले पाँच हजार द्वितीय हुनेले नगद दुई हजार पाँच रुपैयाँ पुरस्कार पाउनेछन् ।
    पाँच दिनसम्म चल्ने विविध कार्यक्रम व्यवस्थापनका लागि मगर संघ बागलुङले जिम्मेवारी समेत तोकेको छ । तेस्रो लखन कप महिला पुरुष भलिबल प्रतियोगिताको संयोजकको जिम्मेवारी मगर युवा संघका उपाध्यक्ष किशोर थापा, ताराखेल संयोजकमा खिमबहादुर पुन मगर, छेलो संयोजकमा प्रेम बुढा मगर, घैटोफोड संयोजकमा नुनुमाया थापा, रस्साकस्सीको संयोजकमा नरबहादुर थापा, ¥याली व्यवस्थापन संयोजकमा नरबहादुर पुन, सांस्कृतिक संयोजकमा राजन श्रीस मगर, प्रचार प्रसार समितिको संयोजकमा जिल्ला सदस्य संगम घर्तीमगर, स्वयंसेवक व्यवस्थापनमा मगर विद्यार्थी र मगर युवा संघ, झाँकी व्यवस्थापनमा नरबहादुर पुन, मञ्च व्यवस्थापनमा प्रकाश थापा र आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष प्रकाश थापाको संयोजकत्वमा उपसमिति बनेको छ ।
    अतिथी सत्कारका लागि अध्यक्ष श्याम पुन, मगर महिला संघ र मिलजुली आमा समुहलाई जिम्मेवारी दिईको प्रचार प्रसार समिति संयोजक संगम घर्तीगमरले जानकारी दिए । फागुन १५ को मूल समारोहलाई सम्बोधन गर्न नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष गंगबहादुर थापा आउने कार्यक्रम तय भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend