बागलुङ, ६ फागुन– ९ फागुनदेखि २३ गतेसम्म संचालन हुने अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको मौलो गाडिएको छ । देशका बिभिन्न जिल्लामा घुमाएर देवघाटधाम समेत पु¥याएर ल्याइएको मौलो गाडिएको हो ।
बागलुङ नगरपालिका वडा नं. ६ पञ्चकोटमा हुने महायज्ञमा गरिने धान्यान्चलका लागि ३१ फिट अग्लो मौलो गाडिएको महायज्ञका आयोजक जगन्नाथ आचार्यले जानकारी दिए । सयौं भक्तजन उपस्थित भएको समायमा मौलो गाडिएको हो । यहाँ धान्यान्चलका लागि २१ हजार ५ सय ५५ क्विन्टल धान ल्याइसकिएको छ । त्यसबाहेक स्थानीयले थप धान दान गर्नेछन् ।
यहाँ आयोजना गरिने महायज्ञलाई गण्डकी प्रदेश सरकारले पनि सहयोग गर्ने निर्णय गरेको छ । महायज्ञ ९ गते ९ बर्ष मुनिका १ सय ८ कन्याबाट उद्घाटन हुनेछ । फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका नेताहरु पनि आउने भएका छन् ।
महायज्ञले व्यक्तित्व विकास, विश्व शान्ति लगायतको लक्ष राखिएको महायज्ञका मुल आयोजक कमलनयनाचार्यले जानकारी दिए । यो महायज्ञले पञ्चकोटलाई धार्मिक गन्तव्य बनाउने, १ सय ८ फिट अग्लो कलस निर्माण गर्ने लक्ष छ । यहाँ करोडौंका संरचना बनिसकेका छन् । ती संरचनाले पर्यटक आगमनमा बढावा पुगेको छ । यहाँ ५ हजार ५ सय ५५ केजीको महाघण्टी समेत स्थापना गरिएको छ ।