८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

रंग प्रयोग गरिएका खाद्य सामाग्री बिक्री गर्न प्रतिबन्ध


जनमञ्च संवाददाता
  • ७ फाल्गुन २०८० , सोमबार

  • रंग प्रयोग गरिएका खाद्य सामाग्री बिक्री गर्न प्रतिबन्ध

    बागलुङ, ७ फागुन– बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिले बागलुङ बजारमा रंग प्रयोग गरिएका खाद्य सामाग्री बिक्रीका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
    आइतबार समितिका अध्यक्ष तथा नगर उपप्रमुख राजु खड्काको अध्यक्षतामा निमित्त प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, बागलुङ उद्योग बाणिज्य संघ र मिठाइ व्यवसायी समेतको बैठकले उक्त निर्णय गरेको हो । बजारमा पाइने मिठाइ तथा चना चटपटमा अखाद्य रंग प्रयोग भएको भेटिएपछि उक्त निर्णय गर्न बाध्य भएको कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताए ।
    दशैं तिहारमा अखाद्य रंग प्रयोग भएको झिनिया र मिठाई भेटिएकोमा सचेत गरेर छाडिएको थियो । माघ अन्तिम साताको अनुगमनमा थप मिठाइमा समेत रंगको मात्रा बढाएको भेटिएको थियो । जेरी, अन्य मिठाइ, लड्डु तथा तराइबाट प्लाष्टिकको प्याकेटमा आउने अन्य मिठाइमा समेत कडा रंग प्रयोग भएको भेटिएको हो ।
    श्रेष्ठका अनुसार २ सय पिपिएम मात्राको रंग हालेको सम्मको खाद्यबस्तु बयस्कका लागि खान योग्य हुन्छ । तर त्यही निहुँमा बढी रंग प्रयोग भएको भेटिएको हो । ‘खुला प्रयोगमा २ सय पिपिएमको रंग खान मिल्छ, तर तेलमा पकाएपछि सबै अखाद्य बन्छ’ श्रेष्ठले भने, ‘बालबालिकालाई त ५० पिपिएमभन्दा बढी रंग प्रयोग गर्न मिल्दैन ।’ विद्यालय आसपासका पसलमा रंग प्रयोग भएका बढी मिठाइ र चकलेटहरु बिक्री हुने गरेको भेटिएको हो ।
    बालबालिकाको मृगौलामा समस्या आउने गरी रंग प्रयोग भएको भेटिएपछि प्रतिबन्ध लगाउनुपर्ने बाध्यता भएको निमित्त प्रजिअ चित्राङगत बरालले बताए । दुइतीन पटकसम्म सचेत गराएर पनि नभएपछि बन्द गर्न बाध्य भएको उनको भनाइ छ ।
    त्यस बाहेक पानीपुरीमा प्रयोग हुने मसला, चटपटेमा प्रयोग हुने रंगमा फोहोर भएको, केक लगायतका पाउरोटी बनाउने स्थानमा समेत अखाद्य सामाग्री प्रयोग हुने गरेको अनुगमनमा भेटिएको हो । एउटै तेलले पटक पटक खानेकुरा तारेर पकाउँदा अखाद्य भएको समेत भेटिएको हो ।
    कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेल, मिठाइ व्यवसायी संघका अध्यक्ष टिकाराम सापकोटा लगायतले बजारमा डुलाएर बेच्ने व्यापारीबाट दर्तावाला व्यापारी प्रतिको दृष्टीकोण नकारात्मक भएको भन्दै प्रभावकारी अनुगमन गर्ने र दर्ता नभएकालाई प्रक्रियामा ल्याउने काममा नगरपालिका र प्रशासनले साथ दिनुपर्ने धारणा राखेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend