९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बेनी नगरपालिकामा ‘होम डेलीभरी’ शून्य


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०८० , शुक्रबार

  • बेनी नगरपालिकामा ‘होम डेलीभरी’ शून्य

    म्याग्दी, १८ फागुन– म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुने महिलाको संख्या शून्यमा झरेको छ ।
    घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलालाई सुत्केरीपछि पनि विभिन्न स्वास्थ्य समस्याले सताइरहने हुनाले घरमै सुत्केरी हुनेको संख्या शून्यमा झारिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
    जोखिमयुक्त प्रसूतिले हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’ शून्य बनाइएको शाखाका प्रमुख चन्दन सुवेदीले बताए ।
    ‘बेनी नगरपालिकामा सबै गर्भवतीले पछिल्लो दुई वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिइरहेका छन्’ उनले भने, ‘होम डेलिभरी शून्य पालिकालाई कायम राख्न सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।’
    नगरपालिकामा आर्थिक वर्ष २०७८÷७९ मा ८ सय ४७, २०७९÷८० मा ६ सय ७७ र चालु आर्थिक वर्षको हालसम्म २ सय ३५ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । आर्थिक वर्षव २०७८÷७९ देखि नगरपालिकामा घरमा सुत्केरी हुने आमाको संख्या शून्य छ ।
    दशवटा वडा रहेको बेनीमा जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिंगा, पुलाचौर र पात्लेखेतको स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् ।
    आठपटक गर्भजाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र सचेतनामूलक अभियानका कारण होम डेलिभरी शून्य भएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन् । सरकारी र गैरसरकारी संघसंस्थाबाट भएका प्रयास प्रभावकारी हुँदा होम डेलिभरी शुन्यमा झरेको लामिछानेको भनाई थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend