९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मगर महोत्सव भलिबलको उपाधि बागलुङको गलकोटलाई


जनमञ्च संवाददाता
  • २६ फाल्गुन २०८० , शनिबार

  • मगर महोत्सव भलिबलको उपाधि बागलुङको गलकोटलाई

    पर्वत, २६ फागुन– तेस्रो राष्ट्रिय मगर महोत्सवअन्तर्गत पर्वतमा आयोजित खुल्ला पालिकास्तरीय भलिबल प्रतियोगितामा बागलुङको गलकोट नगरपालिका विजेता बनेको छ ।
    ४२ औँ राष्ट्रिय मगर दिवसको अवसरमा पर्वतको पुन क्लबको आयोजनामा भलिबल प्रतियोगितामा पर्वतको कुश्मा नगरपालिकालाई पराजित गर्दै गलकोट विजयी बनेको हो ।
    यससँगै गलकोटले दुई लाख दुई हजार दुई सय बाइस रुपैयाँ र उपबिजेतामा चित्त बुझाएको कुश्मा नगरपालिकाले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।
    ‘वेस्ट अफ फाइभ’ को आधारमा भएको ‘फाइनल’ खेलमा चार ‘सेट’ खेलिसक्दा तीन ‘सेट’ गलकोटले जितेपछि पाँचौँ सेट नखेल्दै गलकोट विजेता बनेको हो । पहिलो, तेस्रो र चौथो ‘सेट’ क्रमशः २५–१५, २५–१७ र २५–१८ मा गलकोटको पक्षमा पर्दा दोस्रो ‘सेट’ ३१–२९ को नतिजासहित कुश्मा नगरपालिकाले हात पारेको थियो ।
    प्रतियोगितामा पर्वतकै फलेवास नगरपालिकाले तेस्रो स्थान बनाएको छ । उसले ५० हजार एक सय ११ रुपैयाँ हात पारेको छ । फलेवासलाई पर्वतकै बिहादी गाउँपालिकाले ‘वाक ओभर’ दिएको थियो ।
    यस्तै, ७७ हजार पुरस्कार राशीको खुल्ला पालिका स्तरीय पुरुष प्रौढ भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितेको छ । शनिबार भएको फाइनल खेलमा पर्वतको कुश्मा नगरपालिकालाई पराजित गर्दै पोखरा भेट्रान्सले ७७ हजार सात सय ७७ रुपैयाँ प्राप्त गरेको छ ।
    प्रतिस्पर्धामा पहिलो, तेस्रो र पाँचौँ सेट पोखराले जित्दा दोस्रो र चौथो सेट मात्रै कुश्मा नगरपालिकाले जितेको हो । पोखराले पहिलो सेट २५–१६ मा, तेस्रो सेट २५–१९ र पाँचौँ सेट १५–१० जित्यो भने कुश्माले दोस्रो सेटमा २५–१७ मा र चौथो सेटमा २५–१९ मा जितेको हो । उपबिजेता बनेको कुश्मा नगरपालिकाले पुरस्कारको रूपमा ४४ हजार चार सय ४४ रुपैयाँ पाएको छ ।
    खुल्ला महिला भलिबलतर्फ कुश्माको टोली विजेता बनेको छ । फाइनलमा पुन ट्रेनिङ सेन्टरलाई पराजित गर्दै कुश्माले उपाधि जितेको हो । जीतसँगै कुश्माले ५५ हजार पाँच सय ५५ रुपैयाँ पाएको छ भने उपबिजेता बनेको पुन ट्रेनिङ सेन्टरले ३३ हजार तीन सय ३३ रुपैयाँ पाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend