९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङका १० स्थानमा सिवाईसीले वातावरणमैत्री स्वाबलम्बन नमूना गाउँ बनाउने


जनमञ्च संवाददाता
  • २९ फाल्गुन २०८० , मंगलबार

  • बागलुङका १० स्थानमा सिवाईसीले वातावरणमैत्री स्वाबलम्बन नमूना गाउँ बनाउने

    बागलुङ, २९ फागुन–सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले बागलुङका १० वटा स्थानमा वातावरणमैत्री स्वाबलम्बन नमूना गाउँ बनाउने भएको छ ।
    सिंगो गाउँलाई वातावरणमैत्री बनाउने र स्थानीय जनतालाई गाउँमै स्वरोजगारमूलक बनाउन यो अभियान ल्याइएको सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए ।
    यो अभियानका लागि प्रारम्भिक चरणका काम शुरु भैसकेका छन् । त्यसका लागि बानपा ३ को गौंडाकोट, तित्याङ र भकुण्डेबासीबीच बृहत अन्तरक्रिया र कार्यक्रमको मोडलबारे जानकारी दिइएको हो ।
    आफ्नो गाउँ आँफै बनाउने मोडलमा यो कार्यक्रम लागू हुनेछ । सरसफाइ, स्वास्थ्य, स्वच्छता, हरियाली प्रवद्र्धन, करेसाबारीमार्फत कृषिको व्यवसायिकरण, कम्पोष्ट मलको प्रयोग, गाउँ बिकास योजना निर्माण तथा पशुपालन र कृषि फसलबाट अधिकृतम फाइदा लिन बजारीकरण र ती सामाग्रीको बीमा गरिने योजना छ ।
    दिगोपनका लागि उत्पादनको लागत कम गर्ने, सुधारिएको चुलो, नविकरणीय उर्जा, आयआर्जनमा सबै जोडिने, कुहिने र नकुहिने फोहोरको व्यवस्थापनजस्ता दर्जनौं सूचक राखेर काम गर्न लागिएको हो । प्रत्येक घरधुरीको सर्भेक्षण गरेर उनीहरुको कमाइको अबस्था, सुधार गर्न सकिने अबस्था, हाल कति जमिनमा उत्पादनमुलक काम भएको छ ? कति जमिन बढाउन सकिन्छ ? बाँझो जमिनको उपयोगमा स्थानीय युवाको सक्रियता र लगानी बढाउने काममा तालिम, बीउपूजि प्रदान, बाली बीमा, पशुबीमा र बजारीकरणमा सहकारीले साथ दिने शर्माले जानकारी दिए ।
    यसअघि काभ्रे लगायतका जिल्लामा भएका केही वातावरणमैत्री गाउँका नमूना तथा उनीहरुका क्रियाकलापबारे पनि प्रस्तुतीकरण गरिएको थियो । अभियान्ताको रुपमा आएका सहजकर्ता सानुबाबु पंडितले वातावरणमैत्री, जलवायुमैत्री तथा स्वाबलम्बन गाउँको अवधारणा, सूचक र घोषणापछि आउने परिवर्तनबारे प्रस्तुतीकरण गरे ।
    पछिल्लो समय विश्व तापमान बढीरहेकोले वातावरणमैत्री कृषि, रुखबिरुवा रोप्ने तथा जलवायु परिवर्तन अनुकुलन योजना बनाउने काममा सक्रिय बन्नुपर्ने धारणासहित कार्यक्रम आएको पंडितले बताए । तापमान बढ्न नदिन रुखबिरुवा रोप्ने, कृतिम धुँवा तथा प्रदुषण कम गर्ने काममा किसानले योगदान गर्न सक्ने भएकोले किसानमुखी कार्यक्रम बनाएको उनको धारणा थियो । यो अभियानकै लागि सहयोग गर्न १५ बिद्यालयमा थ्रिजिरो क्लब गठन भएको बताइएको छ । उक्त क्लबले पनि प्लाष्टिकजन्य फोहोरको व्यवस्थापनमा बिद्यालयतहदेखिनै काम गर्नेछ ।
    किसानलाई गाउँघरमै पोखरी निर्माण गरेर माछा पालनमा सहयोग गर्नेदेखि थोपा सिंचाइ, कम्पोष्ट मल, अर्गानिक उत्पादन र गाउँमै रोजगारीजस्ता काममा लगाउने लक्ष राखिएको हो । कार्यक्रममा किसानहरुले उत्पादनको बजारीकरणमा साथ दिने अबस्था भएमा काम गर्न तयार रहेको समेत बताएका थिए ।
    उक्त अबसरमा अगुवा किसान गंगाबहादुर थापा सहितले धारणा राखेका थिए । सिवाइसी सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षता, सचिता अर्याल खत्रीको स्वागत र कमल तिवारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend