२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

दोश्रो अर्ना जेसिज कप फुटबलमा आज सेमीफाइनलका खेल हुदै


जनमञ्च संवाददाता
  • १ चैत्र २०८० , बिहिबार

  • दोश्रो अर्ना जेसिज कप फुटबलमा आज सेमीफाइनलका खेल हुदै

    बागलुङ, १ चैत्र– दोस्रो ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा बुद्वचित्तलाई पराजित गर्दै रुद्रेपिपल युथ क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । बुद्वचित्तलाई ट्राइबेकरमा ४–३ गोलले निराश पार्दै रुद्रेपिपलले सेमीफाइनल यात्रा तय गरेको हो ।
    खेलको १४ औं मिनेटमा रुद्रेपिपलका स्ट्राइकर अभिषेक गुरुङले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिएका थिए । निकै प्रतिष्पर्धात्मक खेलको इन्जुरी समयमा बुद्वचित्तका आशिष रोका मगरले गोल गर्दै खेललाई ट्राइबेकरमा धकेलेका थिए ।
    ट्राइबेकरमा बुद्वचित्तका फिरोज घिमिरेको प्रहार रुद्रेपिपलका गोलरक्षक सन्दिप क्षेत्रीले बिफल बनाउँदा अंकित गुरुङको प्रहार गोलबारभन्दा टाढाबाट बाहिरिन पुग्यो । ट्राइबेकरमा रुद्रेपिपलका रोशन लामिछाने गोल गर्न चुक्दा अर्जुन मगर, अमृत कुँवर, मनिष क्षेत्री र विशन गुरुङले आर्कषक गोल गरे । बुद्वचित्तका लागि कमल थिङ, आशिष राना मगर, कोपिल छन्त्यालले पेनाल्टीमा गोल गर्न सफल भए ।
    रुद्रेपिपलले बिहिबार हुने पहिलो सेमीफाइल खेलमा बागलुङ सुधार केन्द्रको सामना गर्ने छ । दुई अफ्रिकी खेलाडि सम्मिलित बागलुङ सुधार केन्द्रलाई उपाधिको बलियो दाबेदारका रुपमा हेरिएको छ ।
    बुधबारनै सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा धौलागिरि बहुमुखी क्याम्पस (डिएमसी) विरुद्व सहज जित निकाल्दै आदर्श स्पोर्टस् क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । कमजोर डिएमसीमाथि हाबी बनेको आदर्शले ५–० गोलको फराकिलो नजिता निकाल्दै सेमीफाइनल प्रवेश गरेको हो ।
    आदर्शको जितमा नाइजेरियन विंगर फिलिप्स भिक्टरले २, रिजन पुन, सुरेन्द्र गुरुङ र युवराज ढकालले समान एक÷एक गोलको योगदान गरे । आदर्शले बिहिबार हुने दोस्रो सेमीफाइल भीडन्तमा नेपाली सेनाको श्रीमेयर गणसंग प्रतिष्पर्धा गर्ने छ । आर्मी अर्ना जेसिज कपको डिफेन्डिङ च्याम्पियन टोली हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend