९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

वडिगाडका पहिरो प्रभावितसम्म पुग्न सडककै सकस


जनमञ्च संवाददाता
  • ९ असोज २०८१ , बुधबार

  • वडिगाडका पहिरो प्रभावितसम्म पुग्न सडककै सकस

    बागलुङ, ९ असोज-जिल्लाको वडिगाड गाउँपालिका ९ र १० मा गत साउन २१ र २२ गतेको बाढी पहिरोबाट प्रभावितलाई राहत पुर्याउन ग्रामिण सडक चुनौती बनेको छ । ठाउँ ठाउँमा खसेको पहिरोका कारण अबरुद्ध रहेको सडकबाट दाताहरु पीडिसम्मै पुग्न कठिन भएको हो ।
    मंगलबार पीडितहरुका लागि राहत सामग्री बोकेर पुगेको सुर्योदय समाज कल्याण मञ्च बागलुङले कठिन यात्रापछि राहत वितरण गर्यो । सूर्योदय मात्रै होईन बिभिन्न संघसंस्था र व्यक्तिगत रुपमा सहयोग गर्नेहरु समेत सडककै समस्याका कारण पीडितसम्म पुग्न सकेका छैनन् । मञ्चले बडिगाड ९ र १० वडाका २६ परिवारलाई नगद र खाद्यन्न सहयोग गरेको थियो ।
    दाताहरु खाद्यान्न, लत्ताकपडा र अत्यावस्यक सामग्री बोकेर पीडितसम्म पुग्ने गरेका छन् । सवारीको प्रयोग गरेर सामग्री पुर्याउन नसक्दा बोकेर लैजानुपर्ने बाध्यता छ । सुर्योदय समाज कल्याण मञ्च बागलुङको आयोजना तथा टेवाको आर्थिक सहयोगमा बडिगाडका २६ बाढीपहिरो प्रभावितलाई सहयोग गरिएको मञ्चका अध्यक्ष मन्जुमाया क्षेत्रीले बताईन् ।
    मञ्चले बाढी पहिरोको कारण ज्यान गुमाएका, घाईते तथा प्रभावितहरुलाई बडिगाड गाँउपालिका ९ र १० मा एक कार्यक्रमका बिच परिवारका सदस्यहरुलाई नै नगद र खाद्यन्न साथै वडा नं. ९ मा स्थानीयकै मागका आधारमा सिंचाईको लागि ५० मिटर पाईप समेत सहयोग गरेको संस्थाका सचिव लक्ष्मी बोहोराले जानकारी दिईन् ।
    राहत वितरण कार्यक्रममा गण्डकी प्रदेश सभाका पुर्व सदस्य सावित्रा रानाले विपतले जो–सुकैलाई पनि प्रभावित बनाउन सक्ने भएकाले दुःखको समयमा सबै एकजुट हुनुपर्ने भन्दै प्रभावितको माग, समस्या र आवश्यक्ताका विषयमा सम्बन्धीत सरोकारवालासंग पु¥याउने साथै सहयोगतको लागि पहल गर्ने बताईन् ।
    बडिगाड ९ का वडाध्यक्ष कृष्णबहादुर केसीले बाढी पहिरोबाट वडामा बाटो, विद्युत तथा सिंचाई पुर्ण रुपमा अबरुद्ध भएको बताउँदै दशैंअघि पालिकाको पहलमा बाटोसंगै विद्युत संचालनको तयारी गरिने बताउँदै अबरुद्ध १५ सिंचाई योजनामध्ये दाताकै पहलमा १० आयोजना सामान्य रुपमा संचालन गरिएको बताए ।
    ‘वडाका प्रायःसबै बाटो अबरुद्ध छ दर्लिङ्खोला लघु जलविद्युत आयोजना पुर्ण रुपमा बन्द हुँदा विद्युतको पनि समस्या छ’ उनले भने, ‘जिल्ला खानेपानी, पालिका र दाताको सहयोगमा खानेपानी र सिंचाईका समस्या अस्थायी रुपमा समाधानको प्रयासमा वडाले काम गरिरहेको छ ।’
    यस्तै बडिगाड १० का वडाध्यक्ष विरेन्द्र बुढाले बाढी पहिरोबाट वडामा ४० घरपरिवार विस्थापित भएको बताउँदै अब राहातभन्दा बाढी प्रभावितको लागि सुरक्षित स्थानमा लैजाने आफुहरुको प्राथमिकता रहेको बताए । दाताहरुको सहयोगमा मात्रै अहिले काम भईरहेको छ । उनले भने वडाको समस्या समाधानको लागि संघ सरकारले नै काम गुर्नपर्ने हुन्छ ।
    चाडपर्वको समयमा समेत बाटो संचालान नहुँदा भने झन् बढि समस्या भएको वडा नं. १० का स्थानीय पुर्ण बहादुर विकले गुनासो गरे । आफ्नो आरन व्यवसायसंगै घरखेत बाढी पहिरोमा परेको सुनाउदै उनले अझै पनि त्रासकै बिचमा बस्न परेको सुनाए । ‘अझैसम्म पनि बाटो खोलिएको छैन । दुःख विमार हुँदा झन् समस्या हुने गरेको छ’ उनले भने, ‘हामीलाई सुरक्षित स्थानमा लगेर केहि गरि खाने वातावरण मिलाईदिनुप¥यो ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend