९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

करिडोरको बागलुङ खण्डमा धमाधम कालोपत्रे


जनमञ्च संवाददाता
  • २१ असोज २०८१ , सोमबार

  • करिडोरको बागलुङ खण्डमा धमाधम कालोपत्रे

    बागलुङ, २१ असोज-राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बलेवा विमानस्थलदेखि गुल्मी जिल्लाको हर्मिचौरसम्म ४४ किलोमिटर सडक कालोपत्रे गर्न सुरु भएको छ । बलेवा–हर्मिचौर सडक खण्ड ११ मिटर फराकिलो बनाएर डिबिएसटी प्रविधिको कालोपत्रे गर्न सुरु भएको हो ।

    दशैंअघि नै बलेवा विमानस्थलदेखि जैमिनीघाट सम्मको झण्डै २ किलोमिटर सडक कालोपत्रे गरिसक्ने योजना बनाएको निर्माण कम्पनीले जनाएको छ । केही दिन अघिको वर्षाका कारण काम रोक्नुपरेकाले ढिलो गरि काम सुरु भएपनि दशैंअघि बागलुङबासीले करिडोरमा कालोपत्रे देख्न पाउनेछन् । वर्षा रोकिएपछि करिडोरको बागलुङ खण्डमा कालोपत्रे देखिने गरी काम सुरु भएको कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले बताए ।

    मालढुंगा–बलेवा–हर्मिचौर सडक आयोजनाअन्र्तगत ४४ किलोमिटर खण्डमा कालोपत्रे गर्न तीन असर तीस करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । चालु आर्थिक वर्षमा आधाभन्दा बढी कालोपत्रे सक्नेगरी दशैंपछि तत्कालै काम थाल्ने र हिउँदभरी सकिने गुरुङले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend