८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

आन्तरिक पर्यटकको रोजाईमा ढोरपाटन


जनमञ्च संवाददाता
  • ९ कार्तिक २०८१ , शुक्रबार

  • आन्तरिक पर्यटकको रोजाईमा ढोरपाटन

    बागलुङ, १० कात्तिक-पछिल्लो समय आन्तरिक पर्यटकको रोजाई बन्न थालेको छ, ढोरपाटन शिकार आरक्ष । नेपालको एकमात्रै शिकार आरक्ष भएकाले यहाँ अघिल्लो वर्षको तुलनामा यो वर्ष दोब्बरले घुम्न आउनेहरुको संख्यामा बृद्धि भएको छ ।

    आरक्ष कार्यालयका अनुसार, अघिल्लो वर्ष ७ हजार ५ सय पर्यटक ढोरपाटन पुगेका थिए । यो वर्षको सोही अबधिमा झण्डै १५ हजार पर्यटक ढोरपाटन घुम्न पुगेको तथ्यांक रहेको शिकार आरक्ष कार्यालयका संरक्षण अधिकृत पशुपती अधिकारीले जानकारी दिए ।

    ढोरपाटन पुग्ने पर्यटकको तथ्यांक राख्न थालेको आरक्षले पर्यटकबाट शुल्क समेत लिन थालेको छ । आरक्षको मुख्य प्रबेशद्धार रहेको बागलुङको ढोरपाटन नगरपालिका ९ देउरालीमा रहेको प्रवेशद्धारबाट टिकट वितरण हुने गरेको छ । आन्तरिक पर्यटकले प्रतिव्यक्ति एक सय रुपैयाँ राजश्व बुझाउनु पर्छ । यो नाका भएर ढोरपाटन शिकार आरक्षको उपत्यकामा सवारी साधनको माध्यामबाट अधिकांश पर्यटक पुग्ने गरेका छन् ।

    शिकारका लागि हवाई मार्गबाट आउने पर्यटक र स्थलमार्गहुँदै पैदल पुग्ने पर्यटकको समेत कार्यालयले तथ्यांक राख्ने गरेको छ । भुजीखोला किनारको कठिन सडक छिचोलेर आरक्ष पुग्ने पर्यटकले देउरालीबाट उपत्यका झरेपछि आनन्दको महशुस गर्ने गरेको अधिकारी बताउँछन् । ढोरपाटन उपत्यकाको मनोरम दृष्य, रहनसहन, आरक्षको वस्तुस्थिती बुझ्न र ढोरबराह लगायतका धार्मिक स्थलको दर्शनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका हुन् ।

    ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको संख्यामा वृद्धि हुँदा शिकार आरक्ष कार्यालयको राजस्वमासमेत उल्लेख्य वृद्धि भएको हो । आरक्षले विदेशी तथा नेपाली पर्यटकको आगमनको तथ्यांकलाई व्यवस्थित गर्दै गएको छ । कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने गरेकामा पछिल्लो समय आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर अवलोकनका लागि समेत पर्यटक आउने गरेका छन् ।

    विदेशी शिकारी शिकार खेल्नका लागि हेलिकप्टरमार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरेपनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागि त्यहाँ पुग्न थालेका स्थानीय होटल व्यवसायी धिरेन्द्र घर्तीमगरले बताए । वैधानिक रूपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह्य पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend