२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

धौलागिरी अस्पतालमा मन्त्री पाठकको आकस्मिक अनुगमन


जनमञ्च संवाददाता
  • १२ कार्तिक २०८१ , सोमबार

  • धौलागिरी अस्पतालमा मन्त्री पाठकको आकस्मिक अनुगमन

    बागलुङ/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले धौलागिरी अस्पताल बागलुङको आकस्मिक अनुगमन तथा निरीक्षण गरेका छन् ।
    अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई समेत जानकारी नगराइ आकस्मिक रुपमा अस्पताल पुगेका स्वास्यमन्त्री पाठकले विभिन्न विभाग, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अनुगमन गरेका थिए ।
    स्वास्थ्यमन्त्री पाठकले बिरामी र बिरामीका कुरुवा भेटेर स्वास्थ्यकर्मी र सेवा प्रवाहबाट सन्तुष्ट भए नभएको बारेमा जिज्ञासा राखे ।

    अस्पतालको बहिरंग सेवा, आकास्मिक सेवा, अन्तरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, प्रस्तुति, सुरक्षित गर्भपत सेवा, सुरक्षित मातृत्व सेवा, दन्त सेवा, फार्मेसी, निशुल्क औषधिलगायतका सेवाहरुको अनुगमन गरे ।
    डिउटी तोकिएका कर्मचारी खटिए नखटिएको, स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहार, फार्मेसीमा औषधिको व्यवस्था भए नभएको विषयमा जिज्ञासा राखेका स्वास्थ्यमन्त्री पाठकले अस्पतालमा देखिएका समस्या केही दिनमै समधान हुने प्रतिवद्धता व्यक्त गरे ।

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट रविरंजन प्रधानलाई भेट्न खोजेका स्वास्थ्यमन्त्री पाठकले उनी बिदामा रहेको जानकारी पाएपछि प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन डाक्टर किरण तिवारीलाई भेटेका थिए ।
    सोधपुछका क्रममा मेडिकल सुपरिटेण्डन्ट प्रधान विदामा रहेको विषयमा अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत जानकारी नरहेको पाएपछि स्वास्थ्यमन्त्री पाठकले जिम्मेवार चिकित्सकहरुले विदामा रहँदा अन्य जिम्मेवार व्यक्तिलाई जानकारी गराउँन जरुरी रहेको बताए ।

    आकस्मिक अनुगमनमा आएका स्वास्थ्यमन्त्री पाठकलाई डाक्टर तिवारीले जनगुनासो कम आउने गरी अस्पताललाई थप व्यवस्थित गरेर काम गर्न आफुहरु प्रतिवद्ध रहेको बताए ।

     

     

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend