९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

लोकमार्गको जउलेपानीमा बस पल्टिंदा २१ घाइते


जनमञ्च संवाददाता
  • २२ कार्तिक २०८१ , बिहिबार

  • लोकमार्गको जउलेपानीमा बस पल्टिंदा २१ घाइते

    बागलुङ/मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङको निसीखोला गाउँपालिका वडा नंं ६ को जाउलेपानीमा बस पल्टिंदा २१ जना यात्री घाइते भएका छन् ।
    बुधबार दिउसो साँढे चार बजेको समयमा रुकुमपूर्वबाट काठमाण्डौ जाँदै गरेको ना ८ ख ८४१४ नम्बरको रात्री बस सडक देखि पल्टेको हो । घाइतेलाई उपचारकालागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पठाइएको प्रहरीले जानकारी दिएको छ ।
    घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको नेतृत्वमा १० जना र प्रहरी चौकी निसीखोलाबाट समेत टोली उद्दारमा खटाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
    घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरी निरीक्षक सुनिल चिलुवालले बताउनुभयो । घटनास्थल इलाका प्रहरी कार्यालयबाट ३० किलोमीटर र सदरमुकामबाट १ सय २० किमी पश्चिममा पर्छ । घटनामा थप उद्दारको काम भैरहेको चिलुवालले बताए । सोही स्थानमा गतवर्ष चैतमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend