९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

भूकम्पविद् डा. सुवेदीलाई ‘द जोन म्याडक्स जज कमेन्डेसन’ पुरस्कार


जनमञ्च संवाददाता
  • २२ कार्तिक २०८१ , बिहिबार

  • भूकम्पविद् डा. सुवेदीलाई ‘द जोन म्याडक्स जज कमेन्डेसन’ पुरस्कार

    पर्वत, २२ कात्तिक-जिल्लाको जलजला गाउँपालिका–६ शालिजामा जन्मिएका भूकम्पविद् डा. शिव सुवेदीले नेचर जर्नलबाट ‘द जोन म्याडक्स जज कमेन्डेसन’ पुरस्कार जितेका छन् ।
    नेपाली वैज्ञानिक डा. शिव सुवेदीले विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने ‘द जोन म्याडक्स प्राइज, २०२४’ मा ’जज कमेन्डेसन’ अवार्ड प्राप्त गरेका हुन । बुधवार लन्डनमा आयोजना गरिएको एक समारोहमा उक्त अवार्ड घोषणा तथा प्रदान गरिएको छ । भूकम्पविद्का रूपमा नेपालमा काम गरिरहेका उनलाई नेपालमा भूकम्प चेतना जगाउन तथा भूकम्पको पूर्व तयारीको लागि अभियान चलाएबापत यो अवार्ड प्रदान गरिएको हो ।
    डा. सुवेदीले नेपालमा भूकम्पबाट हुन सक्ने जोखिम कम गर्नको लागि भूकम्प शिक्षामार्फत उल्लेख्य कामहरू गरिरहेका छन् । यो वर्षको अवार्डमा मनोनयनमा छनोट भएका आठ जना वैज्ञानिकमध्ये विकासोन्मुख मुलुकबाट मनोनयनमा पर्ने शिव एक्ला वैज्ञानिक थिए ।
    हरेक वर्ष विश्वका विभिन्न वैज्ञानिकलाई प्रदान गरिने यो अवार्ड ‘जोन म्याडक्स’ का नाममा प्रदान गरिन्छ । यो अवार्ड विज्ञान र वैज्ञानिक अनुसन्धानबाट प्राप्त प्रमाणमा आधारित नीतिको लागि आवाज उठाउने वैज्ञानिकलाई प्रदान गर्ने गरिएको छ । भनिएको छ, ‘यो पुरस्कार तिनीहरूले पाउँछन्, जसले चुनौती र जोखिमका बाबजुद सार्वजनिक बहस गर्छन् । आफ्नो अनुसन्धान, बहस र विचारका माध्यमबाट नीति परिवर्तन गर्न सफल हुन्छ ।’
    डा. सुवेदीले नेपालको भूकम्पमा अनुसन्धान, सचेतना तथा पुर्वतयारीका साथै सरकारले त्यसका लागि उपयुक्त नीति लिएर तयारी गर्नुपर्ने कुरामा निरन्तर उठाइरहेका छन् ।
    डा. सुवेदी नेपालका चर्चित गीतकार तथा सङ्गीतकार पनि हुन् । उनले लेखेका ‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘भुमरीमा परेँ भनेँ म’, ‘किन यस्तो हुन्छ’, ‘भुल्नै भयो धौ’, ‘बाँचेको छु धन्न’, ‘नरोऊ है आमा’ लगायतका दर्जनौँ गीतहरू लोकप्रिय छन् । हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा भूकम्पविद्को रूपमा कार्यरत सुवेदीले सङ्गीत र विज्ञानमा दुवै क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend