९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नाकामा सहज पहुँचले उपल्लो मुस्ताङबासीलाई ठूलो राहत


जनमञ्च संवाददाता
  • २४ कार्तिक २०८१ , शनिबार

  • नाकामा सहज पहुँचले उपल्लो मुस्ताङबासीलाई ठूलो राहत
    oplus_2

    मुस्ताङ, २४ कात्तिक- कोरला नाका (मुस्ताङ) लोमन्थाङ गाउँपालिका– १ छोसेरका लाक्पा डुन्डुप नाकामा व्यापार गर्छन् । नेपालबाट चाँदीको औठी, कप, चाउचाउ, बिस्कुट, चिउरा, फ्रुटी लगायत खाद्यान्न नाकापारी पुराएर बेच्छन् । उताबाट लत्ताकपडा, चकलेटलगायत दैनिक उपभोग्य बस्तु ल्याउँछन । नाकामा राखेर बेच्छन । आफ्नो घरायसी सामानको पनि जोहो हुने नै भयो । ‘धेरै सहज भएको छ’ उनले भने, ‘घरको समस्या समाधान भएकै छ, व्यापारबाट धेरथोर आम्दानी पनि भएको छ ।’

    चीनले २०८० कात्तिक २७ मा कोरला नाका खुला गरेसंगै लाक्पाजस्ता केही उपल्लोे मुस्ताङबासीले अहिल दिनहुँ व्यापार व्यवसाय गरिरहेका छन् । साथै तिब्बती संस्कार र संस्कृति रहेको स्थानीयको दैनिक जीवनमा पनि ठूलो राहत मिलेको छ । नाका छिरेर गएपछि तिब्बततर्फको भूमीमा चीनले नेपाली नागरिक तथा व्यापारीलाई लक्षित गरी व्यापारीक कम्प्लेक्स बनाएको छ । त्यही व्यापार गर्ने थलोमा नेपालीहरुले यतातर्फका निश्चित ९चीनले तोकेका० बस्तु लिएर जान्छन भने उताबाट सामान किनेर ल्याएर घरायसी प्रयोग तथा बिक्रीसमेत गर्छन । त्यहाँभित्र तिब्बतीयनसहित नेपालीहरुका पनि व्यापारिक स्टल रहेका छन् । साथै नेपालतर्फको भूमीमा टेन्ट राखेर स्थानीयले व्यापार गर्दै आएका छन् ।

    तिब्बती भूमीमा चीनले नेपाली र तिब्बतियन व्यापारीलाई लक्षित गरी बनाएको व्यापारिक स्थल ।

    नेपाल तर्फबाट प्याकिङ र लेवलिङवाला सामान ९विशेषगरी खाद्यान्न० लैजान पाइन्छ । केही समय अघिसम्म चामल र चिउरा पनि लैजान पाइन्थ्यो । तर अहिले त्यो चीनपक्षले रोकीदिएको लाक्पाले बताए । बिस्कुट, चाउचाउ, फ्रुटी, फापरको पिठो, स्याउको सुकुटी, चुरोटलगयात प्याकिङ र लेवल भएका सामान तिब्बततर्फ लैजाने गरेको स्थानीय टसिनुर्बु गुरुङले बताए । तिब्बततर्फबाट भने चाउचाउ, लत्ताकपडा, चकलेट, पेय पदार्थ, मासु, बिद्युतीय सामाग्रीलगायत दैनिक उपभोग्य बस्तु ९घरायसी सामान० ल्याउने गरेको उनको भनाई छ । ‘नियमित रुपमा ३०÷३५ जना नेपालीहरु नाका छिरेर सामान लैजाने र ल्याउने गर्छन’ गुरुङले भने, ‘स्थानीयलाई ठूलो राहत मिलेको छ । व्यापार व्यवसाय गर्न पाउँदा स्थानीय बेरोजगार बस्न परेको छैन । सामान पनि सस्तोमा पाइन्छ ।’ कस्मेटिक सामान पनि ल्याएर बिक्री गरिन्छ ।

    मुस्ताङ जिल्ला प्रशासनले जारी गरेको सीमापार पासका आधारमा स्थानीय नाका छिर्न पाउछन । प्रत्येक बिहान नेपाली समय अनुसार ९ बजेपछि नाका प्रवेश गर्नुपर्छ । दिउँसो नेपाली समय अनुसार २ बजेपछिमात्रै नाकाबाट नेपालतिर आउन पाइन्छ । यस्तो व्यवस्थाले नाका छिरेर आफुलाई चाहिएको सामान लिएर तत्कालै फर्किनबाट स्थानीय बञ्चित भएका छन् ।

    जिल्ला प्रशासन कार्यालयले उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकर दामोदरकुन्ड गाउँपालिकाका २ हजार ५ सय र तल्लो मुस्ताङको केहीलाई नाका छिर्नका लागि सिमापार पास बितरण गरेको छ । कोभिड–१९ को महामारीपूर्व नेपाल र चीनबीचको आपसी सहमतिमा प्रत्येक असार र भदौमा तिब्बततर्फ अन्तरदेशीय व्यापार मेला हुन्थ्यो । कोरोना कालको ४ वर्ष ठप्प रहेको नाका गत कात्तिक २७ पछि संचालनमा ल्याइएको हो । नाका खुले पनि नेचुङ भन्सार संचालनमा आउन सकेको छैन । भरखरैमात्र नेपालतर्फ अध्यागमन कार्यालय संचालनमा आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend