२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

बागलुङमा कर सप्ताह शुरु


जनमञ्च संवाददाता
  • २ मंसिर २०८१ , आइतबार

  • बागलुङमा कर सप्ताह शुरु

    बागलुङ, २ मंसिर-आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजनामा कर सप्ताह तथा कर दिवश मनाउन शुरु भएको छ । शनिबार सचेतनामूलक ¥यालीसहित प्रभातफेरी आयोजना गरेर दिवशको थालनी गरिएको कर अधिकृत मोहन आचार्यले बताए ।

    सात दिनसम्म चल्ने कर दिवश तथा कर सप्ताहमा विभिन्न शिक्षा मुलक कार्यक्रम, अन्तरक्रिया, पुरस्कार बितरण र सम्मानको काम गरिने छ । शनिबार बागलुङ उद्योग बाणिज्य संघ, अडिटर एसोसिएसन, कर सहयोगी तथा मजदुर संगठन समेतको आयोजनामा ¥याली भएको हो । आइतबार बिहान राजश्व कार्यालयमा आउने पहिलो सेवाग्राही सम्मान गरिने कार्यक्रम छ ।

    त्यसबाहेक ५ वटा बजार क्षेत्रमा करदाता शिक्षा कार्यक्रम र अन्तरक्रिया गर्ने, उत्कृष्ट करदातालाई सम्मान गर्ने र उत्कृष्ठ कर्मचारी पुरस्कृत गर्ने योजना रहेका आचार्यले जानकारी दिए । पछिल्लो समय जिल्लामा करदाताको सख्या बढीरहेको छ । अहिले कार्यालयको तथ्यांक अनुसार २० हजार ७ सय ८१ व्यवसायिक पाना नम्बर र व्यक्तिगततर्फ ४५ हजार ९४३ जनाले पाना नम्बर लिएर कर तिर्दै आएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend