९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कात्तिकमा कालीका मन्दिरको आम्दानी ३५ लाख


जनमञ्च संवाददाता
  • ४ मंसिर २०८१ , मंगलबार

  • कात्तिकमा कालीका मन्दिरको आम्दानी ३५ लाख

    बागलुङ, ४ मंसिर- कालीका भगवती गुुठी व्यवस्थापन समिति बागलुङले कार्तिक महिनाको मन्दिरको आय–व्यय सार्वजनिक गरेको छ । कालीका भगवती मन्दिरमा कार्तिक महिनामा ३५ लाख ३ हजार ३ सय ३२ रूपैयाँ आम्दानी हुँदा १६ लाख १५ हजार खर्च भई १८ लाख ८८ हजार ३ सय ३२ रूपैयाँ बचत भएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

    मन्दिरमा भक्तजनहरूले समर्पण गरेको भेटीबाट २२ लाख ३५ हजार ५ सय ८५, चामल बिक्रीबाट ८० हजार ५ सय, बोकाबाट ६१ हजार ७ सय ५०, कुखुराबाट ४ हजार ८ सय, राँगोबाट १८ सय, सटर भाडाबाट ३ लाख १४ हजार ५ सय ४०, विवाहबाट १ हजार, आर्थिक सहयोगबाट १ लाख २० हजार ७ सय ७, परेवा बिक्रीबाट ६ लाख ७० हजार ७ सय ५०, व्रतबन्धबाट ६ सय र पण्डितबाट ११ हजार ४ सय रुपैयाँ आम्दानी भएको हो ।

    कार्तिक महिनामा १६ लाख १५ हजार खर्च भएको समितिले जनाएको छ । कर्मचारीको तलबमा ४ लाख ८ हजार ५ सय, बिजुलीमा ५० हजार, अतिथि सत्कारमा १ लाख ५५ हजार, उपहारमा १ लाख, पूर्वाधार विकासमा ६ लाख १० हजार ९ सय, पोशाकमा २६ हजार, खाद्यान्न र आवासमा ८५ हजार ५ सय, विज्ञापनतर्फ १८ हजार ५ सय, सांस्कृतिक कार्यक्रममा १ लाख ६० हजार ६ सय रूपैयाँ खर्च भएको अध्यक्ष खड्काले बताए ।

    मन्दिरमा आउने धार्मिक पर्यटक भक्तजन बढ्दै गएसंगै मन्दिरको आम्दानी समेत बढ्दै गइरहेको कालीका भगवतीसमितिका कोषाध्यक्ष रमेश खड्काले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend