२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

अन्तराष्ट्रिय बागलुङ समाजद्वारा विद्यार्थीलाई सहयोग


जनमञ्च संवाददाता
  • ८ मंसिर २०८१ , शनिबार

  • अन्तराष्ट्रिय बागलुङ समाजद्वारा विद्यार्थीलाई सहयोग

    बागलुङ, ८ मंसिर- बागलुङ नगरपालिका वडा नं. १२ को लक्ष्मी नारायण आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई न्यानो कपडा, विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

    अन्तराष्ट्रिय बागलुङ समाजको सहयोगमा सिमान्तकृत माझी समुदायका बालबालिका २५ जना, दलीत १०, गरिब तथा जेहेन्दार १० जना गरी ४५ जना विद्यार्थीलाई झोला, पोशाक, जुत्तामोजा, कापी कलम प्रदान गरिएको हो । समाजले उनीहरुका लागि अन्जादी एक लाख ५० हजार रुपैयाँ बराबरको सामान प्रदान गरेको विद्यालयका शिक्षक बुद्धि चापागाईले जानकारी दिए । उक्त अवसरमा समाजको प्रतिनिधिको रुपमा उपाध्यक्ष भीम केसीले सहयोग गर्नुको उद्देश्यबारे प्रष्ट्याए । उनले समाजले नेपालका बिपन्न बालबालिकाको शिक्षामा साथ दिने उद्दश्यले सहयोग गरेको बताए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकर पौडेलको अध्यक्षता, शिक्षक सूर्यबहादुर ठकुरीको संचालन र शिक्षक बुद्धि चापागाईको स्वागतमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक हेमराज शर्माले विद्यालयको प्रगती प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष कोपिलामणी शर्मा, समाजसेवी कमल कुमार जिसी र अभिभावक रामकृष्ण पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सामाग्री वितरणबाट अभिभावक र बालबालिकालाई पढाइप्रति उत्साह जागेको चापागाईले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend