१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

लैंङिक हिंसा अन्त्यका लागि बाल अधिकारको रक्षा


जनमञ्च संवाददाता
  • १३ मंसिर २०८१ , बिहिबार

  • लैंङिक हिंसा अन्त्यका लागि बाल अधिकारको रक्षा

    बागलुङ, १३ मंसिर- लैङिक हिंसा बिरुद्दको अभियान सफल पार्न बाल अधिकारको समेत सुरक्षा गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
    ‘हामी सबैको प्रतिवद्धता लैंगिक हिंसा अन्त्यको प्रतिवद्दता’ भन्ने मुल नाराका साथ संचालन भैरहेको लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियानको तेस्रो दिन बुधबार बागलुङमा आयोजित कार्यक्रममा बालबालिकालाई हिंसा बिरुद्धको अभियानमा जोड्नुपर्ने बताए । बालमैत्री शासन युक्त नगर अभियान समेत हिंसा बिरुद्धको शुरुवाती अभियान भएको उनीहरुको भनाई थियो ।

    कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख रचना आचार्यले हिंसा नगर्ने, नसहने लगायतका काम सबैले गर्नुपर्ने बताइन् । उनले प्रस्तुतीकरण समेत गर्दै बालबालिका माथी हुने हिंसाले पछि महिला हिंसा र अन्य घटना पनि निम्तने बताइन् ।

    कार्यक्रममा महिला अधिकारकर्मीहरु बिना कार्की, टिका कुमारी विश्वकर्मा लगायतले धारणा राखे । बानपा २ का अध्यक्ष सुरज बोसेलको अध्यक्षतामा भएको अभियानमा नगरका महिला तथा पुरुष र टोल विकास संस्थाका प्रतिनिधि समेत सहभागि थिए ।

    यो अभियान नगरभित्रका १४ वटै वडामा संचालन हुने बताइएको छ । उनीहरुले हिंसारहित समाजको लागि राजनीतिक दल, सामाजिक संस्था, सरकारी निकाय समेतले हिंसाबिरुद्ध आवाज उठाउनु पर्ने बताएका थिए । अभियानअन्र्तगत हरेक दिन कुनै न कुनै काम गर्ने लक्ष्य राखिएको छ । बानपाका १४ वटै वडामा मंगलबारदेखि पालैपालो सचेतना अभियान, सरोकारवाला निकायसँग अन्तरक्रिया गरिने आचार्यले जानकारी दिइन् । मंसिर २५ गते विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर मुल समारोहमा पुरस्कार समेत बितरण गरिने कार्यक्रम राखिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend