१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

सकियो महायज्ञ, उठेको पैसाले गाजाको प्रबद्र्धन


जनमञ्च संवाददाता
  • १५ मंसिर २०८१ , शनिबार

  • सकियो महायज्ञ, उठेको पैसाले गाजाको प्रबद्र्धन

    बागलुङ, १५ मंसिर- प्रसिद्द गाजा दहलाई पर्यटकीय गन्तव्यको रुपमा प्रचार गर्दै स्थापित गर्न शनिबारदेखि सञ्चालनमा रहेको श्रीमद्भागवत ज्ञान महायज्ञको शुक्रबार समापन गरिएको छ । सिद्धबराह मन्दिर संरक्षण समितिको आयोजनामा महायज्ञ आयोजना गरेको थियो ।
    महायज्ञबाट ६४ लाख रुपैयाँ दान संकलन भएको महायज्ञ मुल आयोजक समितिका प्रचार प्रसार संयोजक दिलिप प्रतेलले जानकारी दिए । महायज्ञको व्यवस्थापन लगायतका काममा २० लाखभन्दा धेरै खर्च भएको अनुमान छ ।
    महायज्ञमा शिवदत्त रेग्मीले प्रमुख वाचकको भूमिकामा रहेका थिए । जैमिनी संकृतन समूहले भजनको व्यवस्थापन मिलाएको थियो । महायज्ञ सफल बनाउन जैमिनी नगरपालिकाले काठेखोलातर्फको चापाखर्कदेखि गाजा दह र कुश्मीसेरादेखि दमेकहुँदै गाजा दह सम्मका सर्वसाधारण्लाई पालैपालो महायज्ञस्थलमा उपस्थित गराईएको थियो । गाजा दह समुन्द्री सतहदेखि २ हजार ४ सय ६० मिटर उचाइमा छ । चिसो मौसम र भौगोलिक कठिनाईका कारण महायज्ञमा अनुमान गरेजस्तो भक्तजनको उपस्थिती नभएको मुल आयोजक समितिले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend