खर्वाङ (बागलुङ), १७ मंसिर- बडिगाड गाउँपालिका २ खर्वाङमा रहेको नवप्रतिभा बचत तथा ऋण सहकारीले शेयर सदस्यको सहजताको लागि कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।
खर्वाङमा सम्पन्न सहकारीको २८ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनमा अध्यक्ष होमनाथ अर्यालले प्रस्तुत गरेको २०८०÷८१ को प्रगति तथा ८१÷८२ को प्रस्तावित नीति तथा कार्यक्रममा सो विषय समावेश गरिएको छ । प्रस्तावित कार्यक्रम अनुसार सहकारीले अब बडिगाडको सकन्यार, न्वार, खौलार तथा गलकोट नगरपालिकाको रिघामा मासिक, पाक्षीक, साप्ताहिक र दैनिक बचत संकलन गर्ने छ ।
साधारण सभामा गाँउपालिका उपाध्यक्ष भिमसेन वनले सहकारी सिस्टमभित्र रहेर चल्न सकेमात्रै सफल हुने बताए । सभामा कुल २१ करोड १७ लाख ४१ हजार ३३१ रुपैयाँ ३१ पैसा बराबरको आर्थिक प्रतिवेदन कोषाध्यक्ष खगिश्वर अर्यालले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक नरीश्वर खरालले प्रस्तुत गरेका थिए ।
२७ वर्षअघि २०५४ सालमा स्थापना भएको सहकारीमा २० संस्थासहित १ हजार ६१५ शेयर सदस्य रहेका छन् । सहकारीको आर्थिक वर्ष ०८०÷८१ को वित्तिय स्थिति अनुसार २ करोड ७४ लाख १ हजार ४०० कुल चुक्ता शेयर पुँजी, १४ करोड ५५ लाख ४२ हजार ६२१ कुल बचत र १२ करोड ७७ लाख ११ हजार ७८६ कुल ऋण लगानी रहेको छ ।
सहकारीको साधारण सभामा उपाध्यक्ष विष्णु प्रसाद भुसालको स्वागत, सचिव दुर्गादत्त अर्यालको संचालन तथा अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता रहेको थियो ।
यसैबीच संस्थाको आठौं अधिवेशनले बिष्णु प्रसाद भुसालको नेतृत्वमा १५ सदस्य संचालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा खगिश्वर अर्याल, सचिवमा भिमलाल पोखरेल, सह–सचिवमा होमनाथ खराल, कोषाध्यक्षमा डिप्लोमा खरेल छन् । यस्तै नरिश्वर खरालको संयोजकमा ३ सदस्यीय लेखा समिति समेत चयन गरिएको छ । जसको सदस्यमा शिवलाल पोखरेल र मोहलाल पौडेल छन् ।