११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

उद्योग व्यापार संगठन बागलुङ नगरको संयोजकमा पौडेल


जनमञ्च संवाददाता
  • १८ मंसिर २०८१ , मंगलबार

  • उद्योग व्यापार संगठन बागलुङ नगरको संयोजकमा पौडेल

    बागलुङ, १८ मंसिर- नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समितिको संयोजकमा हेमलाल पौडेल सर्वसम्मत रुपमा चयन भएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समितिको आइतबार सम्पन्न प्रथम भेलाले पौडेलको नेतृत्वमा २२ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

    समिति सह–संयोजकमा कविता बस्नेत, सचिवमा भुपेन्द्र केसी, कोषाध्यक्षमा टेकबहादुर विश्वकर्मा, सह–सचिव दिलिप केसी र सह–कोषाध्यक्षमा गंगा गौतम चयन भएका छन् ।

    यस्तै, सदस्यहरुमा रुपा थापा, लाल प्रसाद पुन, दिपेन्द्र पुन, धनकाजी विश्वकर्मा, सुनिल लामा, उत्तम प्रसाद श्रेष्ठ, बद्री नारायण सापकोटा, तारा प्रसाद श्रेष्ठ, खिमबहादुर भण्डारी, सिला थापा, कृष्ण सापकोटा, टिकाराम शर्मा, तेजेन्द्र परियार, एकराज शर्मा र गोविन्द लम्साल रहेका छन् ।
    भेलालाई सम्बाधेन गर्दै नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालले व्यापार संगठनको नेतृत्वले आम उद्योगी व्यवसायीको समस्या पहिचान गर्न र बागलुङको उद्योगी व्यवसायीको मनोबल उच्च हुने गरि गर्नुपर्नेमा जोड दिएका थिए । व्यवसायीले खेप्नुपरेको हैरानीलाई हटाउन सबै व्यवसायी एकतावद्ध भएर समाधान लागि लाग्नुपर्ने उनको भनाई थियो ।

    नेकपा माओवादी केन्द्र बागलुङका संयोजक राजिव घिमिरेले व्यापार संगठनको नेतृत्वले साना तथा मझौला उद्योगी व्यवसायीको हकहितमा केन्द्रीत हुनुपर्ने बताए । कार्यक्रममा माओवादी केन्द्र बागलुङ नगर समितिका इन्चार्ज तथा बानपा ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, माओवादी बागलुङ नगर समितिका अध्यक्ष तथा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य रतन मलेपती, नयाँ विश्वका प्रधान सम्पादक निर्मलबहादुर श्रेष्ठ, नेपाल दलित मुक्ति मोर्चाकी सचिव टिका विश्वकर्मा र उद्योग व्यापार संगठनका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बोलेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend