९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

धौलागिरी अधिकृत बिक्रेता संघको स्थापना दिवसमा बिद्यालयमा सहयोग


जनमञ्च संवाददाता
  • १ माघ २०८१ , मंगलबार

  • धौलागिरी अधिकृत बिक्रेता संघको स्थापना दिवसमा बिद्यालयमा सहयोग

    बागलुङ, १ माघ- धौलागिरी अधिकृत बिक्रेता संघ बागलुङले विद्यार्थीहरुका लागि खेलकुद तथा शैक्षीक सामग्री वितरण गरेर आफ्नो स्थापना दिवस मनाएको छ । जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराको बास्टारीमा रहेको सरस्वती प्राथमिक विद्यालयका बिद्यार्थीका लागि संघले खेलकुद तथा स्टेशनरी उपलव्ध गराएको हो ।

    संघको १५ औं स्थापना दिवसका अवसरमा अधिकांश मध्यम परिवारका विद्यार्थीले अध्ययन गर्ने बिद्यालयमा शैक्षिक सामग्री सहयोग गरिएको अध्यक्ष राजन कुमार श्रेष्ठले बताए । कार्यक्रममा नेपाल वितरक महासंघ गण्डकी प्रदेशका अध्यक्ष बद्रि ढुंगानाले प्राकृतिक प्रकोप, महामारी र असजिलो परेका बेला संघले सकृयता देखाउनुपर्ने बताए । हरेक व्यवसायमा सामाजिक उत्तरदायीत्व हुने भन्दै उनले निम्न र मध्यम वर्गिय परिवारसम्म पुग्नेगरी संघ संस्थाका कृयाकलाप सञ्चालन हुनुपर्ने बताए ।

    बिद्यालयका प्रधानाध्यापक युवराज शर्माले शहर बजारमा गठनहुने यस्ता संस्थाले गाउँका बिद्यालयको समस्या पहिचान गरेर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । संघले २६ जना विद्यार्थीका लागि एक बर्षका लागि पुग्नेगरी खेलकुद र स्टेशनरी सहयोग गरेको थियो । कार्यक्रममा सरस्वती प्राथमिक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञप्रसाद सापकोटा लगायतले बोलेका थिए ।

    कार्यक्रम महासचिव हेमन्त बानियाको सञ्चालन र धौलागिरी अधिकृत संघ म्याग्दी संयोजक जगन्नाथ शर्माको स्वागतमा सम्पन्न भएको थियो । २०६७ साल पौष २९ गते जिल्ला प्रशासन कार्यालय बाग्लुङमा विधिवत दर्ता भएको संस्थाले आफ्ना साधारण सदस्यहरू तथा प्राकृतिक प्रकोप कोभिड लगायत का समस्याहरूमा आर्थिक सहायतासमेत प्रदान गर्दै आइरहेको छ । यसले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूद्वारा उत्पादित वस्तुहरू वितरक मार्फत बजारमा बिक्री वितरण गर्ने काम समेत गर्दछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend