१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

‘सिकाइ परियोजनाको सान्दर्भिकता अझै बढेको छ’


जनमञ्च संवाददाता
  • १६ माघ २०८१ , बुधबार

  • ‘सिकाइ परियोजनाको सान्दर्भिकता अझै बढेको छ’

    बागलुङ, १६ माघ-भीमापोखरा युवा क्लबले भिएसओ नेपालको साझेदारीमा संचालन गरेको सिकाइ परियोजनाको आयोजनामा प्रदेश स्तरीय सिकाइ आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेश सामाजिक बिकास, युवा तथा खेलकुँद मन्त्रालयको समन्वयमा बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिका तथा कास्कीको अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकाका उपप्रमुख र उपाध्यक्ष, ती पालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकारी समेतको सहभागितामा संचालित कार्यक्रममो समीक्षा समेत गरिएको हो ।

    उक्त अबसरमा परियोजना संचालित क्षेत्रमा क्रियाशिल ठूलीदीदीहरु, बिद्यालयका प्रधानाध्यापक समेत सहभागि थिए । चार बर्ष सम्म संचालित कार्यक्रमले दिएको सन्देश, समाजमा शिक्षा, बालमैत्री अभियान, लैङिकमैत्री पढाइ र सिकाइ, नीति निर्माणमा बालबालिका र लैङिक संवेदनशिलतामा खेलेको भूमिका बारे पनि छलफल भएको परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत बिमल शर्माले जानकारी दिए ।

    यो अभियानअन्र्तगत बागलुङका मात्रै १ सय ३१ बिद्यालयमा पुगेर परियोजनाले सिकाइ सम्बन्धी कार्यक्रम गरेको थियो । यो अभियानको क्रममा २० विद्यालयमा कक्षा कोठा व्यवस्थापनमा सहयोग गरिएको, शिक्षा ऐन बनाउने काममा साथ दिएको, ६ हजार ३ सय बालबालिकालाई शैक्षिक सामाग्री र विद्यालय पोशाक परियोजनाले सहयोग गरेको थियो ।

    अभिभावक सचेतना मूलक कार्यक्रम मार्फत बाल विवाह अन्त्य, बालश्रम न्युनिकरण, शिक्षाको गुणस्तर बिकासमा सहकार्यका कार्यक्रम समेत गरिएको उनले जानकारी दिए । उक्त कार्यक्रमको मूल्यांकनबाट अझैपनि समाजमा शिक्षा क्षेत्र सुधार गर्ने परियोजनाहरु आवस्यक भएको निष्कर्ष समेत निकालिएको बिवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमले जानकारी दिए । साथै समुदाय र बिद्यालय तहमा भएका सकारात्मक सोच, प्रसंसनीय दृष्टीकोण र मनोसामाजिक बिमर्शका कार्यक्रम अझै बढाउनु पर्ने आवस्यकतामा पनि जोड दिइएको उनले जानकारी दिए ।

    बिवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यषता, उपाध्यक्ष गंगाकुमारी शर्माको स्वागतमा भएको कार्यक्रममा भिएसओ नेपालका राष्ट्रिय निर्देशक जयशंकर लाल कर्णले समाज बिकासकालागि पूर्वाधार मात्र भएर नपुग्ने भन्दै बिद्यालय र समुदाय तहनै सचेत बन्न सकेमा मात्र देशको भविष्य सुन्दर बन्ने धारणा राखेका थिए । उक्त परियोजनाले दिएको सन्देश अझै समुदायमा प्रसंसनीय भएको पनि बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend